2026 May 01/ 05:30: 37pm

   बनेपा/बनेपा नगरपालिकाको प्रायोजन तथा वडा नम्वर ५ को संयोजनमा बनेपामा शुक्रबार देखि शुरु भएको प्रथम मेयर कप अन्तर वडा स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिताको शनिबार समापन हुँदैछ । 
    प्रतियोगिताको उद्घाटन नगर प्रमुख लक्ष्मीनरसिं बादेले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख बादेले नगरका सबै वडाहरुमा खेलको विकास र खेल मार्फत ब्यक्तिको शारिरिक क्षमता अभिबृद्धीका लागि फुटबल पहिलो कार्यक्रम भएको बताए । यस्ता कार्यक्रमहरुमा नगरपालिकाले विशेष प्राथमिकता दिने नगर प्रमुख बादेले बताए । १४ वटा वडाबाट १६ टिम सहभागि रहेको प्रतियोगिताको समापन असोज २७ गते हुनेछ । प्रतियोगितामा विजयी हुने टिमलाई नगद ५० हजार सहित शिल्ड र मेडल उपलब्ध गराईनेछ छ भने दोश्रो हुने टिमलाई नगद ३० हजार उपलब्ध गराईने वडा अध्यक्ष बलराम अधिकारीले बताए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्षहरु, वडा सदस्यहरु, खेलसँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उद्घाटन खेल वडा नम्वर ५ को ए समुह र वडा नम्वर बीच भएको थियो । वडा नम्वर ५ को ए समुहले वडा नम्वर ६ लाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको थियो । सोहि दिन भएको दोश्रो खेल वडा नम्वर २ र ७ बीच भएको थियो । वडा नम्वर ७ ले वडा नम्वर २ लाई पराजित गरेको छ ।