2026 May 01/ 05:32: 05pm

    बनेपा/श्री कृष्ण युवा परिषद् नेपाल काभ्रेपलाञ्चोकको आयोजनामा हिन्दुहरुको महान चाड विजयादशमीमा हुने पशु बलि विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    श्रीकृष्ण प्रणामी मन्दिर बनेपाबाट शुरु भएको ¥याली बनेपाका नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा पतञ्जली योग सेवा केन्द्र बनेपा, ब्रम्हकुमारी राजयोग बनेपा, विश्व हिन्दु महासंघ, सहकारी संघ काभ्रे, नेपाल परोपकार समाज, श्रीकृष्ण प्रणामी सेवा समिति काभ्रे, बाइजुराज महिला समिति काभ्रे, बनेपा मन्दिर लगायतका विभिन्न संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो । पशु बलि विरुद्धको सचेतना अभियान निरन्तर जारी रहने श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल काभ्रेका अध्यक्ष उद्धव तिमल्सिनाले बताए । 
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण युवा परिषद्का केन्द्रिय अध्यक्ष नवराज ढकाल, विशिष्ट अतिथि, निवर्तमान अध्यक्ष मातृका प्याकुरेल लगायत परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले पशु बलि विरुद्धको अभियानको बारेमा प्रकाश पारेका थिए । युवा परिषद् काभ्रेका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सेवा समिति नेपाल काभ्रेका अध्यक्ष रेवतीप्रसाद सापकोटाले राखेका थिए