खोपासी/महाशिवरात्रिको अवसर पारेर पनौती नगरपालिका–१० खोपासी स्थित तीन थुम्की डाँडामा पुनर्निर्माण गरिएको श्री पशुपतिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले पुनर्निमित मन्दिरको समुद्घाटन गरेका छन् ।
मन्दिर उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले मन्दिर पुनर्निर्माण भौतिक संरचना निर्माण मात्रै नभई आस्थाको धरोहर ठडिएको बताए । उनले मन्दिरमा पुजाआजा लगायत मर्मत संभारका लागि अक्षय कोष स्थापना गर्नका लागि सुझाव दिएका छन् । पनौती धार्मिक शहर पनि भएकाले मठ मन्दिर लागयत धार्मिक संपदा संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको उनले बताए । उक्त मन्दिर २०५४ सालमा राम नवमीको पावन अवसर पारेर प्राणप्रतिष्ठा गरिएको थियो । स्वर्गिय स्वभितमान सिलवालको अगुवाई र स्थानीयको सहयोगमा पूण्यमूभी तिनथुम्की डाँडामा भगवान पशुपतिनाथको प्राणप्रतिष्ठा गरी विधिवत पुजाआरती सञ्चालन गरिएको हो । २०७२ सालको भुकम्पले मन्दिर र पाटी जिर्ण बनाएको थियो । जिर्ण मन्दिर पुर्ननिर्माणका लागि २०८१ साल मंसिर १६ गते स्थानीय सरोकारवालाहरको भेलाले मन्दिर पुनर्निर्माण समिति गठन गरेर काम अघि बढाएको थियो ।
गोपाल पौंजुको अध्यक्षतामा श्री पशुपतिनाथ मन्दिर पुनर्निर्माण समिति गठन गरिएको थियो । सचिवमा श्रीकृष्ण सिलवाल, कोषाध्यक्ष सुष्माकुमारी श्रेष्ठ, सदस्यमा शान्ता लक्ष्मी पौंजु, राम सिलवाल, रामशरण नेपाली, सकुल कार्की, दुर्गा कोइराला, रघुनाथ खुलाल समितिमा रहेका थिए । नवराज सिलवालको अध्यक्षतामा अनुगमन समिति गठन गरिएको थियो । समितिमा नवराज जर्गा मगर, कुलदास बतास, पवित्रा पौंजु र रामेश्वर भारती रहेका छन् । निर्माण कार्यको पहिलो चरणको काम सम्पन्न पश्चात प्राण प्रतिष्ठा एवं महाशिवरात्री पर्वलाई लक्षित गर्दै निर्माण समिति एवं स्थानीयहरुको भेलाले ममता भारतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो । समितिमा गिता सिलवाल, गोपाल पौंजु, कल्पना सत्याल, शान्ता लक्ष्मी पौंजु, सन्तोष श्रेष्ठ र कल्पना खत्री रहेका छन् ।
उद्घाटनकै अवसर पारेर मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई अभिनन्दन सहित सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने काठमाडौं जडिबुटी निवासी रेणुका सिंह दम्पतीलाई सम्मान गरिएको थियो । यस्तै विश्राम गृह र भव्य मन्दिरको परिकल्पना सहितको डिजाइन गर्ने शंकर शिलवाल दम्पतीलाई अभिनन्दन गरिएको छ । उत्कृष्ट चन्दा संकलन गर्ने पाटीखर्क निवासी सकुल कार्की दम्पती, मन्दिर निर्माण शिल्पी दिनेश पहरी दम्पति, सहयोग गर्ने मानेश्वरी निर्माण सेवा प्रा.लिका प्रज्वल जंगम लगायतलाई अभिनन्दन गरिएको छ । कार्यक्रममा मन्दिर पुर्ननिर्माण समितिका तर्फबाट दुसन्त सिलवालले स्वागत मन्तव्य राखेका थिए । उनले मन्दिर निर्माणको यत्राबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मधुसुधन गुरागाईंले गरेका थिए । कार्यक्रममा वडा सदस्य सरिता अधिकारी नेपाल, जित बहादुर श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमल्सिनाले भौतिक संरचनाको मन्दिर पुर्ननिर्माण मात्रै नभई, हाम्रो संस्कार, संस्कृति, आस्था र सामुहिक चेतनाको पुर्नजागरण पनि भएको बताए । मन्दिर पुनर्निर्माण समितिले साथ र सहयोगका लागि आभार प्रकट गरेको छ ।





