2026 August 07/ 11:15: 27am

    पनौती/पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एकै किसिमको पोशाक तयार गरिएको छ । 
    शैक्षिक शत्र २०७६ देखि पनौती नगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकै प्रकारको पोशाक लागू गरेको हो । पनौती नगरपालिका भित्रका  ३४ वटा विद्यालयमा शिशु कक्षा देखि कक्षा १० सम्म ५ हजार १ सय विद्यार्थीका लागि उक्त पोशाक तयार गरिएको हो । पनौती नगरको शिक्षा रुपान्तरण अभियान सोच अनुसार विद्यार्थीको पोशाकमा एकरुपता ल्याउन पनौती नगरपालिका र रोटरी क्लब अफ पनौतीको समन्वय र पनौती उद्योग वाणिज्य संघको सहभागितामा निःशुल्क विद्यालय पोशाक तथा पोशाक सिलाईको ज्याला समेत वितरण गरिएको छ । 
    पनौती नगरपालिकाका उप प्रमख गीता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाँई, रोटरी क्लब अफ पनौतीका सचिव सितु सैंजू, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा सिलाईको ज्याला वितरण शुरु गरिएको हो ।