2026 July 23/ 11:24: 50am

प्रदेश लेखा इकाई कार्यालय
     धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको छ । भाद्र १४ गते देखि कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख विनोद प्रधानले बताए । 
    प्रदेश लेखा इकाई कार्यालयबाट १८ वटा प्रदेश कार्यालय सहित ३७ वटा कार्यालयमा विनियोजन भएको रकमको निकासा लगायतका कार्यहरु हुनेछ । सोहि कार्यालयमा अधिकृत छैटौ जनकबहादुर खड्का पनि कार्यरत छन् । प्रदेश लेखा नियन्त्रक कार्यालयहरु काभ्रेपलाञ्चोक, उपत्यका, धादिङ्ग, नुवाकोट, चितवनमा स्थापना गरिएका छन् । 
    जिल्ला समन्वय समिति, प्रदेश लेखा इकाई कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, उद्योग तथा बाणिज्य कार्यालय, वागवनी विकास केन्द्र, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, भुमिगत जलश्रोत तथा सिंचाई विकास, डिभिजन वन कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पुर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालय, पनौती प्राविधिक शिक्षालय, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, सामाजिक विकास कार्यालय, शिक्षा तालिम केन्द्र, मेथिन्कोट अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, प्रदेश जनस्वास्थ्य कायाएलय र यातायात ब्यवस्था कार्यालय रहेका छन् । 
    १३ वटा पालिका लगायतका जिल्लाका केहि कार्यालयमा पनि प्रदेश सरकारको बजेट विनियोजन भएको छ । प्रदेश सरकारको बजेट सोहि कार्यालय मार्फत निकासा हुनेछ ।