2026 July 23/ 02:09: 57pm

बनेपा/बनेपा नगरपालिकाले डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । 
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीहरु, शाखा प्रमुख, विभिन्न अस्पताल तथा फार्मेसीहरुका प्रतिनिधीहरुलाई उक्त रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण दिईएको थियो । नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उप प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, प्रशासकिय अधिकृत धुर्व्रराज नेपाल, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख रागीश्री कक्षपति, जिल्ला स्वास्थ्य कार्यालयकी ल्याब टेक्निसियन सिता श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख आशिष शर्मा लगायतले डेंगी रोग र रोकथाम बारे बताएका थिए । बनेपा नगरपालिका भित्र हाल ५ जनामा डेंगी बिरामीहरुले उपचार गरीरहेका बताईएको थियो । बनेपा नगरपालिका भित्र १५ वटा स्वास्थ्य केन्द्र, महिला स्वास्थ्यकर्मी, नगर अस्पताल, अस्पताल र मेडिकलहरु मा उपचार हुदै आएको बताईएको छ । डेंगी रोगलाई ख्याल ख्याल नमसझन आग्रह गर्दे जिल्ला स्वास्थ्य प्रमुख रागीश्री कक्षपतीले भनिन् उक्त रोगले ठुलो महामारीका रुपमा लिन सक्ने बताईन् । डेंगी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेंगी भएमा आराम गर्ने, पानी लगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने कक्षपतिले बताईन् । गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ । 
अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उनले भनिन्  । डेङ्गीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको उनले बताईन् डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने,  डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनु पर्ने स्वास्थ्य शाखा प्रमुख आशीष शर्माले बताए ।  
उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने “डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरी पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, शर्माले भने । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने शर्माले बताए । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उनको भनाइ छ । स्वास्थ्य शाखाले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरी पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ । शाखाले डेङ्गीको सङ्क्रमण रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु गरेको स्वास्थ्य शाखाका महेश्वर श्रेष्ठले बताए । कार्यक्रम सञ्नालन स्वास्थ्य शाखाकी सिता श्रेष्ले गरेकी थिईन् ।