पनौती/पनौती नगरपालिका वडा नम्बर ४ ठाडोबाटो स्थित एपटारका युवाहरु धिमे बाजा सिक्न व्यस्त छन् । धर्म, संस्कृति संरक्षणको उदेश्यका साथ भिमसेन धिमे खलःले तीन महिने धिमेबाजा प्रशिक्षण सुरु गरेसँगै युवाहरु धिमे बजा बजाउन व्यस्त भएका हुन् ।
प्रशिक्षणमा २८ जना युवायुवती सहभागी रहेको सचिव दिपेश श्रेष्ठले जानकारी दिए । सँस्कृतिको संरक्षणका साथै मोवाइल गेममा झुम्मिने समयको समेत सदुपयोग भएको उनले बताएका छन् । तालिमका लागि पनौती नगरपालिका र वडा नम्बर ४ को कार्यालयले पनि सहयोगको प्रतिबद्धता जनाएको छ ।









