2026 July 26/ 06:48: 27am

    धुलिखेल/धुलिखेल नगरपालिकाले लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेर मनाएको छ । 
    नगरपालिका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी निरिक्षक उमा केसी, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अधिकृत पुजा काफ्ले लगायतले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सरोकारवाला सबै क्षेत्रको समन्वय, सहकार्य र  समानताका लागि कार्य गर्नु पर्ने बताए । 
    कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लामा भएका लैङ्गिक हिंसा सम्वन्धीका घटना, नागरिकता सम्वन्धी समस्या तथा महिला हिंसाका घटना, बलात्कार तथा अन्य घटनाका सन्दर्भमा सरोकारवालाहरुले पीडितका पक्षमा वकालतका लागि समन्वय गर्न अनुरोध गरेका थिए । पीडितले उजुरी गर्ने वातावरण तयार गर्न, पीडकलाई हदैसम्मको कारवाही गर्ने वातावरण वनाउन सहभागीहरुले अनुरोध गरे । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका भित्र लैङ्गिक हिंसाका घटना कम गर्न, पीडितहरुलाई न्यायका लागि पहल गर्न न्यायिक समिति तथा अन्य क्षेत्रबाट पहल भएको बताए । पीडितहरुलाई तत्कालका लागि राहत र पुर्नस्थापनाका लागि नगरपालिकाले सहयोग गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।