2026 November 06/ 12:21: 53am

बनेपा/शैक्षिक क्षेत्रमा अब्बल रहँदै आएको सिद्धार्थ माध्यमिक विद्यालयमा दशै, तिहार, छठ लगायतका विभिन्न चाडपर्व लक्षित बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रदर्शन गरेका थिए । प्रिन्सिपल लुईटेलले पढाईसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । विद्यार्थीहरुमा भएको क्षमता, र कलालाई ब्यबहारीक ज्ञान मार्पmत सिकाईमा सहज हुने भएकाले विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दे आएको लुईटेलको भनाई रहेको थियो । 
विद्यार्थीहरुले कसरी सहज रुपमा सिक्न सक्छन् र ब्यबहारमा उतार्न सहयोग पुग्छ भन्नेतर्फ विद्यालय लागेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक श्रीबहादुर कार्कीले राख्नु भएको थियो  भने शुभकामना मन्तब्य शिक्षक चन्द्रकुमार सुवेदीले राख्नु भएको थियो । कार्यक्रममा कक्षा १ देखी १२ सम्मका विद्यार्थीहरुले प्रतिभा प्रस्फुटन गरेका थिए ।