2026 July 28/ 01:14: 55am

            पाँचखाल/लवग्रीन नेपालका अध्यक्ष अमिरा दली जापान सरकारले सन् २०२३ को वसन्त इम्पेरियल डेकोरेशन पदकबाट विभूषित हुनु भएको छ । जापान सरकारले यो सम्मान राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा र समाज कल्याण, अर्थतन्त्र र उद्योग तथा संस्कृति र खेलकुदमा क्षेत्रमा जापान र अन्य देशहरू बीचको सम्बन्ध प्रवद्र्ध्नमा उल्लेखनीय योगदान प¥ुयाउने विदेशी नागरिकहरूलाई प्रदान गर्ने गर्दछ ।
          गत अप्रिल महिनामा घोषणा भएको उक्त पदक श्रावण २४ गते नेपालका लागि जापानी राजदुत किकुतायुताकाले एक समारोहबीच हस्तान्तरण गर्नु भयो । सो अवसरमा दलीले जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारमा ठुलो भमिका खेलेको बताउनु भयो । राजदुतले दलिको सक्रियतामा दुवै देशको दौत्य सम्बन्धलाई उजागर र विस्तार गर्न दुवै देशका जनतालाई बुझाई द्विपक्षीय सहयोगको आदान प्रदान गर्न महत्वपूर्ण भुकिा निर्वाह गरेको हुनाले नै जापान सरकारले यो विभूषणबाट सम्मान गरेको बताउनु भयो । लामो समय सम्म जापानमा बसि उच्च शिक्षा अध्ययन गरी नेपालमा फर्किएकी दलीलेजापानमा पढी नेपाल फर्केका व्यक्तित्वहरु समावेश गरी नेपाल ए.ओ.टी.एस.एलुम्नाई सोसाइटी नामक संस्था स्थापना गरी सो संस्था मार्फत विभिन्न औधोगिक क्षेत्रका मध्यम तथा उच्च पदस्त कर्मचारी र व्यवस्थाकहरुलाई विभिन्न तालिममा जापान पठाई जापानी प्रविधि भित्र्याउने कार्य गरेकी थिईन । 
          त्यसैगरी उनी लवग्रीन नेपाल नामक गैर सरकारी संस्थाको स्थापना गरी काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लामा ग्रामीण विकासका कार्यहरुमा स्वयंसेवकको रुपमा कार्यरत छन् ।