2026 August 01/ 07:11: 49am

    रवि/धुलिखेल नगरपालिका वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष स्व. राजन कोईरालाको शालिक अनावरण एवं राजन कोईराला स्मृति पार्क उद्घाटन गरिएको छ । साथै राजन कोईराला स्मृति प्रतिष्ठान तदर्थ समिति गठन गरिएको छ । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुले स्व. राजन कोईरालाको शालिक अनावरण गर्दै कोईरालाले देखाएको विकास र राजनीति बाटो पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । घोषणा पत्रमा प्रतिबद्धता गरिएका ८० प्रतिशत काम सम्पन्न गरिसकेको र बाँकी विकासका काम छिट्टै पूरा हुने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । एक घर एक धारा पुगेको नगरपालिकाका १२ वडा मध्ये पहिलो २ नम्बर वडा रहेकाले धन्यबादका पात्र वडाबासी रहेको उहाँले बताउनु भयो । वडामा पुग्ने मुख्य सडक तथा अरनिको बैकल्पिक राजमार्ग धमाधम कालोपत्रे भैईरहेको, खुल्ला दिशा मुक्त, साक्षर नगर भई छिट्टै बाल मैत्री नगर घोषणा गर्न लागेको प्रमुख ब्यान्जुले बताउनु भयो । नगर भरी ३२ वटा पार्क निर्माण, कोभिड–१९ को महामारीमा समेत ९५.९८ प्रतिशत विकासका सम्पन्न गरिएको ब्यान्जुले बताउनु भयो । नगरले भाौतिक निमार्ण मात्र नभई जनताको आय स्तर उकास्नका लागि तालिम प्रदान, ब्यवसायिक खेती, सुधारिएको ब्यवसायमा जोड दिईएको बताउनु भयो । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा चौलागाई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी, वडा नम्वर २ का अध्यक्ष देवप्रसाद कोईराला, वडा सदस्य टिका बल्दब सापकोटा, पूर्व गाविस अध्यक्ष केदार प्रसाद कोईराला, पार्क निर्माण उपभोक्ता समितिका सदस्य उद्धव गेलाल, मृतकका भाई कृष्णहरी कोईराला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा राजन स्मृति कृति पुस्तक विमोचन गरिएको थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष विदुर कोईरालाले नगरपालिका र वडाको बजेट १३ लाख ७६ हजार प्राप्त गरी उपभोक्ताको सहभागिता सहित १४ लाख खर्च भएको बताउनु भएको थियो । 
    कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश घोरसाईने, वडा नम्वर ४ का वडा अध्यक्ष रविन्द्र कर्मचार्य, वडा अध्यक्ष निराजन जंगम, स्व.राजन कोईरालाको परिवार, स्थानियवासी लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा निवर्तमान कार्यबाहक वडा अध्यक्षको अध्यक्षतामा राजन कोईराला स्मृति प्रतिष्ठान तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मधुकर गेलाल, सचिव रमेश कोईराला, सह सचिव विमश कोईराला, कोषाध्यक्ष कविराज न्यौपाने, सदस्यहरुमा दिनेश चौलागाई, उद्धब प्रसाद गेलाल, लक्ष्मण गिरी र श्रीकृष्ण धिताल रहेका छन् । सोहि अवसरमा उद्धवप्रसाद गेलालद्वारा रचना गरिएको राजन कोईराला स्मृति कविता संग्रह पुस्तकको विमोचन गरिएको थियो । धुलिखेल नगरपालिकाले प्रकाशन गरेको उक्त पुस्तकमा कोईरालाको योगदानलाई कविता मार्फत प्रस्तुत गरिएको छ । 
    त्यसैगरी धुलिखेल नगरपालिका लैङ्गिक शाखाको आयोजनामा ३० औ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान गरीएको छ । कोभिड–१९ को कारण वडा वडामा पुगी सम्मान गरिएको महिला विकास शाखा बन्दना ब्यान्जुले वताउनु भयो । नगरभरी जेष्ठ सदस्य ७० वर्ष भन्दा माथी १ हजार ७ सय ४४, एकल महिला ३ सय ९६, दलित जेष्ठ सदस्य ९३ जना गरी जम्मा २ हजार २ सय ३३ मा ९० वर्ष माथीका ५९ जनालाई सम्मान गरिएको उहाँले बताउनु भयो । प्रत्येक वर्ष अक्टोबर १ का दिन विश्व जेष्ठ नागरीक दिवस मनाउने गरिएको छ ।