2026 August 03/ 12:00: 53pm

    सल्ले/बनेपा नगरपालिका वडा नम्बर ११ को समन्वयमा सन्दरीमाई आधारभूत विद्यालय सल्लेमा विद्यालय संचालन तथा विद्यालय परिसर भित्र सरसफाई र अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    वडा अध्यक्ष शिबकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ ले बन्द भएको विद्यालयलाई कसरी संचालन गरी विद्यार्थीहरुलाई बैकल्पीक वा विद्यालयमा नै भौतिक दूरी कायम राखी सञ्चालन गर्ने विषयमा छलफल भएको वडा अध्यक्ष थापाले वताउनु भयो । छलफमा वडा अध्यक्ष थापाले विद्यार्थीहरुको घरमै गई अभिभावकहरुलाई समेत सचेत गराई विद्यार्थीहरुलाई विद्यालय पठाउनु पर्ने बताउनु भयो । कार्यक्रममा अभिभावकहरु, विद्यालयका प्रधानाध्यापक रमेश अधिकारी, शारदादेवी युवा क्लबका अध्यक्ष जयराम गिरी, फुलचोकी साकोसका अध्यक्ष कमल तामाङ लगाएतको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रम पछि विद्यालय परिसर सरसफाई समेत गरिएको थियो ।