2026 August 02/ 11:37: 27am

बनेपा/उच्च स्तरीय, गुणस्तरीय साथै प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले कोभिड १९ लाई मध्य नजर गर्दै हेल्थ केयर भित्रै दोस्रो वाषिर्कोत्सव मनाएको छ । 
सम्पूर्ण कर्मचारी सहित मनाएको बनेपा हेल्थ केयरले सस्थाका मेडिकल डाइरेक्टर रविन्द्र प्रसाद राजभण्डारीलाई मायाको चिनोको साथै कदर पत्र  प्रदान गरेको थियो भने बर्षको उत्कृष्ट कर्मचारीको रुपमा हाउस किपिङ विभागका प्रमुख रमेश देउलालाई प्रमाणपत्र र ट्रफि सहित सम्मान गरेको थियो । चाँडै नै बनेपा हेल्थ केयरले एम्बुलेन्स खरिद गर्ने तथा २५ शैयाको अस्पताल संचालन गर्ने कुरा प्रबन्ध निर्देशक जितेन्द्र थापाले जानकारी गराउदै कोभिड १९ लाई मध्यनजर गर्दै तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउने बिरामीहरुलाइ निःशुल्क मास्क तथा फेश शिल्ड उपलब्ध गराउने बताउनु भयो ।