2026 August 05/ 01:44: 51am

बनेपा/रोशी गाउँपालिकाले जिल्लाको ट्राफिक ब्यवस्थापन तथा ट्राफिक सचेतना बढाउने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई एक थान ल्यापटप र एक थान प्रोजेक्टर उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिबी लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो । 
‘ट्राफिक गतिविधिलाई सर्वसाधारण तथा विद्यालय तहमा बालबालिकाहरुलाई सचेतना गराउन उक्त सामाग्रीको प्रयोग गर्नेछौंं’– जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले भन्नुभयो–‘प्रविधिको युगमा पनि प्रहरीलाई थप प्रविधिमैत्री बनाउन उक्त सामाग्री सहयोगी बन्नेछन् ।’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय तहमा बालबालिकाहरुलाई, समुदाय स्तरमा तथा समाजका हरेक क्षेत्रमा ट्राफिक गतिविधि बढाउन रोशी गाउँपालिकाले उक्त सामाग्री उपलब्ध गराएको अध्यक्ष डिबी लामाले बताउनु भयो । ‘विपी राजमार्ग हुँदै सयौ सवारी साधन ओहोर दोहोर हुने र ट्राफिक गतिविधि बढाउँदा दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भन्ने गाउँपालिकाको उदेश्य हो’– अध्यक्ष लामाले भन्नुभयो –‘दुर्घटना न्यूनिकरण पहिलो उदेश्य हो ।’ 
रोशी गाउँपालिकाले जिल्ला कारागार कार्यालय काभ्रे धुलिखेलका लागि आगन्तुक टिपोट तथा चेकजाँच कक्ष,पाले पहरा कक्ष निर्माणका लागि ५ लाख रुपैया सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै गाउँपालिकाले जिल्लाका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराएको छ । त्यस्तै रोशी गाउँपालिकाले नेपालथोकमा रहेको प्रहरी चौकीलाई दुई थान पन्खा उपलब्ध गराएको छ भने इलाका प्रहरी कार्यालय खुर्काेटमा पिपिई, थर्मल गन उपलब्ध गराएको छ भने इलाका प्रहरी कार्यालय मंगलटारमा सिसि क्यामेरा सहितको वाईवाई जडान गर्न सहयोग गरेको छ ।