2026 August 04/ 04:54: 41am

    महाभारत गाउँपालिकाले कुनै पनि स्थानमा ५ जना भन्दा धेरै जम्मा नहुन सबै वडाबासीहरुलाई अनुरोध गरेको छ । साथै एउटा वडाबाट अर्काे वडामा आवतजावत अत्यावश्यक काम बाहेक नगर्न कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता एवं वडा अध्यक्ष रविन मोक्तानले जानकारी दिनु भयो । अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै विहान ८ देखि १० बजेसम्म र साँझ ३ देखि ५ बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्ने निर्णय गरेको छ । खाद्यान्न अभाव हुन नदिन आपुर्ति ब्यवस्थालाई सहज बनाउने, मूल्य बृद्धि नगरी बजारलाई सहज बनाउन अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय प्रहरी सहितको कमिटीलाई परिचालन गर्ने, नागरिकहरुलाई राहत उपलब्ध गराउन २५ लाख कोरोना जोखिम कोष खडा गर्ने र फुड बैंक स्थापना गर्ने निर्णय भएको छ । फुड बैंक र राहत कोषमा सहयोग गर्न गाउँपालिकाले दाताहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।