2026 August 04/ 08:15: 37am

पाँचखाल/पाँचखालमा पशुपंक्षी तथा मस्य पालन सम्बन्धी नगरस्तरीय तालिम दिईएको छ । पशुपंक्षी सँगै मत्स्य पालनका लागि पाँचखाल उचित ठाउँ भएकाले मत्स्यपालनको समेत तालिम सञ्चालन गरिएको पाँचखाल नगरका पशुविकास अधिकृत दत्तप्रसाद गौतमले जानकारी दिनुभयो । तालिममा १३ वटा वडाका ३० कृषक सहभागी छन् । नगर उपप्रमुख लक्ष्मी दनुवारले उद्घाटन गर्नु भएको तालिममा प्रशिक्षक डा. हरि मानन्धर, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेका प्रमुख मंगलप्रसाद शाह तथा माछाका विज्ञ बालाजुका प्रमुख अग्नी नेपालले प्रशिक्षण दिनु भएको थियो ।