2026 August 07/ 03:49: 05am

    बनेपा/काभ्रे तेक्वान्दो एकेडेमीले आईटिएफले ग्राण्डमास्टरद्वय दिवाकर महर्जन र लवप्रसाद गोर्खालीलाई विशेष सम्मान गरेको छ । 
    अध्यक्ष राजमन्दिर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिका निवासी ग्राण्डमास्टरद्वय मर्हजन र गोर्खालीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवं वडा अध्यक्ष सचितानन्द केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य, काभ्रे जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ, एकेडेमीका केन्द्रिय सदस्य राजन खत्री, खेलाडी सौरभ कायस्थ, तेक्वान्दो खलाडी राजेन्द्र बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए । खेलमार्फत ब्यक्ति, राष्ट्र र जनताको सेवा गरी देशको नाम राख्ने गरी कार्य गर्न सहभागीहरुले खेलाडीहरुलाई अनुरोध गरेका थिए ।