दाप्चा/नमोबुद्ध नगरपालिका – ८, दाप्चामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भईरहेको छ ।
अहोभाग्य हरिनाम संकीर्तन भजन मण्डल दाप्चाको आयोजनामा जारी सप्ताह ज्ञान महायज्ञ ‘दिव्यानन्द महोत्सव’ भोली शुक्रबार समापन हुनेछ । सप्ताहको शुरुवातमा कलश शोभा यात्रा गरिएको आयोजना गरिएको थियो । महायज्ञको नगर प्रमुख टंकप्रसाद (टिपी) शर्माले उद्धघाटन गरेका थिए । रामगुरु कविप्रसाद गौतमको कृपाले पण्डित चन्द्रमणि सिग्देलको स्मृतीमा आयोजना गरिएको सप्ताहमा वाचन प्रविण युवा पण्डित रामहरी सिग्देलले कथा वाचन गरेका छन् भने उपवाचक पण्डित पुरुषोतम हुुमागाई रहेका छन् । भजन मण्डलको भौतिक व्यवस्थापनलाई दिगो रुप प्रदान गर्न, भजनलाई निरन्तरता दिन र धार्मिक कार्य मार्फत भौतिक, सामाजिक, आध्यात्मिक तथा सास्कृतिक विकासलाई दिगो रुप प्रदान गर्न महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका कार्यक्रम संयोजक रामेश्वर अधिकारीले जानकारी दिए ।









