श्याम बजगाई
संस्थापक/सिईओ
जरा ग्रुप अफ काठमाडौं प्रा.लि.
१) आजभोलिको दैनिकी कत्तिको ब्यस्त छ ?
आजभोलि दैनिकी अति नै ब्यस्त छ । धेरै ब्यबसायलाई निरन्तरता दिनुपर्ने भएकोले सबैको ब्यबस्थापनमा समय खर्चिरहेको छु ।
२) एकैपटक धेरै ब्यवसायमा हात हाल्नुभयो नि यसले समस्या निम्त्याउदैन ?
धेरै ब्यबसायले समस्या भन्दा पनि त्यसको ब्यबस्थापन कस्तो हुन्छ भन्ने कुरामा फरक पर्दछ । शारिरीक तनाव भन्दा पनि मानसिक रुपमा पढि प्रेसर हुन्छ । फेरि हाम्रो ब्यबसायमा सबैलाई कार्य बिभाजन गरिएको छ । सबैमा मेनेजर, मार्केटिङ अफिसर र छुट्टाछुट्टै स्टाफहरु राखिएको छ त्यसको ब्यबस्थापन गर्नु नै मेरो मुख्य जिम्मेवारी हो ।
३) जरा ग्रुप अफ कम्पनी कस्तो कन्सेप्टको कम्पनी हो ? यसले के कस्ता कामहरु गर्छ ?
जरा ग्रुप अफ कम्पनी छाता संस्था हो । जरा अन्तर्गत धेरै ब्यबसाय रहेका छन् ति सबैको स्वामित्व भने जरा ग्रुप अन्तर्गत छ । जरा ग्रुप भित्र हाल ७ ओटा कम्पनीहरुको स्वामित्व रहेको छ ।
४) राष्ट्रिय पोशाक घरको शुभारम्भ कसरी गरियो ? आम मानिसमा राष्ट्रिय पोशाक प्रतिको चासो कस्तो पाउनुभएको छ ?
२०७० सालदेखि नै राष्ट्रिय पोशाक संरक्षणमा निरन्तर अभियान गरिरहेको थियौ, २०७४ सालमा हामीले केहि ब्यबसाय गर्ने सोच बनायौ त्यो पनि अभियान लाई सहयोग पुग्ने प्रकारको, धेरै सोच बिचार गरेर हामीले राष्ट्रिय पोशाक घरको सोच बनायौ, त्यसपछि लामो समय ठाउँ, सिलाउने कालिगढ खोजिएर नयाँ बानेश्वरमा शोरुम सुरु गरियो । पछिल्लो समयमा युवा मात्र नभेर आम सम्पुर्ण नेपालीलाई दौरासुरुवाल, गुन्यु चोलीको महत्व र सम्मान बढ्दै गएको भने पक्कै छ ।
५) तपाईले शुरु गर्नुभएको पुराना टायरको पुनः प्रयोगले यतिबेला निकै चर्चा पाएको छ । यो खास कसरी सोचिएको प्रोजेक्ट थियो ?
हामीले सुरु गरिएको पुराना टायरको नयाँ उत्पादन, नयाँ कन्सेप्टको नाम भिन्टेज हो । पुराना र काम नलाग्ने भनिएका, फालिने, आगो लगाउने, बाइक, स्कुटर, गाडि, प्लेन सम्मका पुराना टायर मात्र नभएर प्यालेट्सहरुको नयाँ फर्निचरका मोडल तयार गर्छौं, जुन फर्निचरहरु क्याफे, होटल, रिसोर्ट, बैंकहरुमा राखिएको छ । पछिल्लो समयमा वातावरणीय दृष्टिकोणले यो धुवाँ (कार्बनमनोअक्साईड) ले असर गर्ने हुनाले यसको कमीले प्रकृतिलाई पनि राम्रो गर्ने र फोहोरलाई ब्यबस्थापन गर्न् सकिने हुनाले यो भिन्टेज प्रोजेक्ट सुरु गरिएको हो ।
६) आगामी योजना के के छन ? योजना बनाउदा के कुरालाई ध्यान दिनुहुन्छ ?
आगामी योजना भन्नु नै अहिलेको ब्यबसायलाई निरन्तरता दिनु हो, यसलाई देशब्यापी विस्तार गर्नु हो । अहिले संचालनमा रहेका राष्ट्रिय पोशाक घर, मालिदाई, भिन्टेज, जरा पार्ट्नर, चियामाण्डौं लगायतलाई प्रबिधिमैत्री र उपभोक्तालाई सन्तुष्ट बनाउनु नै जरा ग्रुप अफ् कम्पनी र यो अन्र्तगतका ब्यबसायलाई प्रबर्धन नै आगामी २ बर्षको योजना हो ।
७) युवा बर्ग देशमा रोजगारीका लागि भौंतारिएका धेरै छन् तर तपाई त जागिर छाडेर ब्यवसायमा आउनुभयो नि ?
युवा जसलाई उल्टाउँदा वायु भनिन्छ् अर्थात युवाले बायुगतिले काम गर्नुपर्छ भन्ने हो । नेपालमा काम नभएर हैन काम गर्ने योजना, लगानी डुब्ने डर, संघर्ष गर्न डराउने, बिदेश जान ऋण सबैले पत्याउने बैंक, सहकारीले पनि विदेश जान ऋण दिने तर देशमै केहि गर्छु भन्ने युवालाई सकारात्मक रुपमा सहयोग गर्न नसक्नु नै युवा पलायनका कारणहरु हुन, युवाले छिट्टै लगानी गरेपछि मुनाफा खोज्ने, बिदेश मै सफलता देख्ने रोगबाट ग्रसित छन् त्यो मनोरोगबाट हामी माथि उठ्नुपर्छ । म सुरुमा अति कम मासिक तलबमा जागिर सुरु गरे तर मैले जागिर छोड्दा सत्तरी हजार जति मासिक तलब थाप्थे तर जागिर सीमित अवधिको लागि मात्र राम्रो होला जस्तो लाग्यो त्यसैले मैले ब्यबसायमा हात हाले र समयलाई कुरेको हुनाले अहिले म सफल अनुभव गर्दैछु ।
८) युवाले सिप सिक्न किन जरुरी छ ? देशमै रोजगार हुन को जिम्मेवार रहन्छ ?
युवाले मात्र हैन सबैले सिप सिक्नु जरुरी छ किनकि विना सिप मानिसले कसरी काम गर्न सक्छ र ! कुनै पनि काममा जबसम्म दक्ष जनशक्ति हुदैन तबसम्म न त ब्यबसाय सफल हुन्छ न त ब्यक्ति सफल् हुन सक्छ, त्यसैले पहिलो प्राथमिकता सिप सिक्ने दोश्रो भने लगानी के कसरी, कहाँ कस्तो किसिमले गर्ने भन्ने कुराहरु ध्यान दिनुपर्छ । देशमै रोजगार हुनलाई पहिलो नेपाल सरकार तथा देशमै काम गर्ने बातावरण सिर्जना गराउने संघ, संस्था जिम्मेवार हुन्छ भने दोश्रो आम नेपाली जसलाई देशमै केहि गर्नुपर्छ भन्ने बिश्वास जगाउन आवश्यक देखिन्छ ।
९) उमेर र प्रेम किन चर्चा हुन्छ ? सेक्सले सम्बन्ध बलियो बनाउन मद्दत गर्छ ?
उमेर जीवनको प्रक्रिया हो र पे्रम सबैको आवश्यकता हो चर्चा हुने नै भयो ।
र कुरा रह्यो सेक्सको कुरा जुन यो एक प्रेम पछिको मिलन नै भनुम यो सबैमा दिन उमेर हुने क्रिया तसर्थ यसलाई धेरै प्राथमिकतामा राख्नु पनि हुन्न । जीवन सफल हुन संभोगलाई आफ्नो काबुमा राख्न सक्नुपर्छ ।
१०) अन्त्यमा .....
अन्तमा, तपाईहरुको माया र साथलाई सधै आत्म मनन गर्दै नेपालमा नै युवाहरुलाई रोजगारीको सृजना गर्ने कोसिस सदैव राख्नेछु ।









