2025 May 19/ 08:44: 14am

नबराज भन्डारी
युट्युबर र युवा ब्यवसायी
अध्यक्ष फेवा टाइम्स डट कम, प्रोपाइटर तुल्सी हर्बल

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
म पत्रकारिता र ब्यवसाय सँगसँगै गर्दैछु । विशेषगरी म युट्युब र अनलाइन पत्रकारितामा ब्यस्त छु ।
२) अनलाइन सपिङको ब्यवसाय गर्नुहुन्छ मार्केट बढ्दो छ नि हैन ?
मार्केट एकदमै बढ्दो छ । अनलाइन मार्फत सपिङ गर्नेहरुको संख्यासँगै अनलाइन ब्यवसाय गर्ने ब्यवसायीहरु पनि बढ्दो छन ।
३) अनलाइन मार्केटको कस्टुमर बढ्दो छ तर उति साह्रो कस्टुमसर सन्तुष्ट हुन्नन् भन्ने गुनासो सुनिन्छ नि !
हो मैले पहिले नै भने कस्टुमर बढेका छन् । आजभोलि मानिसहरु इन्टरनेटको पहुँचमा सहजै छन जसकारण रोजेको सामान घरै सम्म आउने हुदा पनि अनलाइन सपिङ बढ्नु नौलो कुरा भएन । यद्यपि आजभोलि किन्ने सँगै बेच्नेहरु पनि बढेका छन् उसले कस्तो गर्छ त्यही अनुरुप टिक्छ । केहि केहिले गलत गर्दा मार्केटमा भ्रम परेको पाइन्छ ।
४) तपाई त सफल युट्युबर पनि हुनु हुन्छ नेपालमा युट्युबर बढेका कि भ्युअर पनि बढेका छन् ?
हरेक मानिस कुनै पनि काममा ज्ञाता बन्न सक्दैन अर्थात सिकारु हुन सक्छ । म पनि युट्युबको एउटा सिकारु हुँ हरेक दिन केहि न केहि सिकिरहन्छु । रह्यो भ्युअर बढेको कुरा हो बढेका छन् तर यहाँ कन्टेन भन्दा भाइरल र अफवाह फैलाउने सानो कुरालाई तन्काउनेको जमात ज्यादा भयो जुन गलत हो ।
५) भनेपछि युट्युबरमा बिकृति आएको स्विकार्नु हुन्छ ? यस्लाइ कसरी नियन्त्रण गर्न सकिएला ?
बिक्रिति आयो भन्दा पनि बिक्रिति बढ्दो छ । युट्युबरहरु आफै प्रशासन र न्यायकर्मी बन्न खोजेको देखिन्छ । यसलाइ नियन्त्रण भन्दा पनि नियमन जरुरी देखिन्छ ।
६) आजभोलिको समय डिजिटल जमाना भनिन्छ र पनि आम मानिसमा अनलाइन पत्रकारितामा विश्वास छैन किन होला ?
यो पनि डलरकै करामत हो । हरेक समाचार र युट्युब मनिटाइज भए सँगै गुगलले हरेक क्लिक बापतको केहि पैसा दिने हुँदा मान्छेले कुन टाइटल हाल्दा छिटो र बढिले हेर्छन् भनेर जे मन लाग्यो त्यहि टाइटल हाल्न हतार गर्ने बढेका छन । जुन कुराले गर्दा राम्रा समाचार ओझेलमा पर्ने र मान्छेमा बिश्वास कम भएको हो ।
७) भनेपछि अनलाइन र युट्युबले सनसनीपूर्ण र दोहोरो अर्थ लाग्ने हेडलाइन डलरको लागि नै राख्ने गर्छन् ? त्यसो हुँदा वास्तविक कुराले महत्व पाएन नि हैन?
हो, अहिले नर्मल कुरा नै चल्दैन भन्ने भ्रम छ । वास्तविक कुरा र गहिराइमा जाने दुःख कसैले गर्दैनन् । के हो समाचार नबुझ्ने के बिक्छ त्यो खोज्ने बढ्दा बिश्वस्नीयता गुम्दो छ । तर सबैले धर्म छाडेका छैनन् ।
८) युवा जमातमा निराशा बढी छ किन होला ? युवा बेरोजगार छन तर सिप भएका युवाको कमि छ देशमा यसको ब्यवस्थापन जसरी गर्न सकिएला ?
युवामा अहिले महङ्गो जीवन शैलीले असर गरेको हो । यहि काम गरेर बिदेशमा भन्दा बढि कमाउन सकिन्छ जति लगानी गरेर बिदेश गइन्छ त्यहि पैसा यहि लगानी गरे यहि पनि कमाउन सकिन्छ । सिधा भन्नुपर्दा युवाहरु अल्छी भएर नै हो बिदेश गएर सानो काम गर्न नि पछि नपर्ने अनि यहाँ चै चिया पसलमा बसेर सरकारले केही गरेन भनेर कुरा काट्ने प्रबृत्ति छ मेहनत गर्यो भने जहाँ पनि हिरा फल्छ ।
९) युट्युबले किन सेक्स र काण्ड भन्दै हरेकलाइ पछ्याउछ ? कत्तिका घर बनाउने देखी बिगार्ने सम्म युट्युबर बने भन्न थाले नि !
अहिले मान्छेले अगाडि आउनलाई सजिलो माध्यम युट्युब देखेर हो ।  घर झगडा भयो भने पनि अहिले अन्तर्वार्ता दिन थाले बिगारेको मात्रै त हैन कति को मिलन पनि गराएको पनि छ । कतिलाइ सहयोग जुटाएको पनि छ तर कोइ कोइ गलत पनि छन् । पेशा प्रतिको इमान्दारिता हुनु ब्यवसायिक मानिसको धर्म हो । हामीले ब्यवसायिकता कायम राखे सबै कुरा ठिकै हुन्छ नै ।
१०) अन्त्यमा....
अत्यमा मलाइ आफ्ना केहि भनाइ राख्न दिनु भयकोमा चेष्टा परिवारलाई धेरै धन्यवाद  । मेरो भनाइ युट्युबले नकारात्मक मात्रै होइन धेरै सकारात्मक काम पनि गरेको छ । सकारात्मक बनौ सबै राम्रो हुनेछ भन्न चाहन्छु ।  र युवाहरुलाई बिदेश हैन नेपालमै केही गर्न सकिन्छ मेहनति बनौं भन्न चाहान्छु ।