2026 September 06/ 05:11: 14am

    भुकम्प पछि जिल्लामा भएको तहस नहसको पुनर्निर्माणमा सडक पनि प्राथमिकतामा राखिएको छ। निजी आवासको पुनर्निर्माणसँगै सडकलाई प्राथमिकतामा राखी शुरु गरिएको पुनर्निर्माणले अन्तिम चरण पु¥याउँदा सडकमा दिने भनिएको मुआब्जा अझै वितरण हुन सकेको छैन। प्राविधिक कारण जनाउँदै रोकिएको मुआब्जा वितरणले सर्वसाधारण मर्कामा परेका छन्। केहि नागरिकको मुआब्जा वितरण गर्नुपर्ने नभए पछि रोक्का राखिएका सम्पति समेत फुक्का गरिएको छैन। केहिले मुआब्जा प्राप्त गरेका छन्। केहिलाई अझै मुआब्जा वितरण गरिएको छैन। 
    जिल्लामा दुई ठुला सडकले पुनर्निर्माणसँगै स्थानीय नागरिकलाई सडकमा जमिन प्रयोग गरे बापत मुआब्जा वितरण गरिएको थियो। भुकम्प पछिका तीनवटा सडकलाई पहिलो प्राथमिकतामा राखिएको भए पनि केहि सडकहरु ठेकेदार कम्पनीको लार्पवाहिका कारण निर्माण कार्यले गति लिन सकेका छैनन्। पटक–पटक सरोकारवाला निकायले ठेकेदार कम्पनीलाई समयमै सडक निर्माण कार्य अगाडि बढाउन भने पनि त्यसो हुन सकेको छैन। जिल्लाको बेथाञ्चोक गाउँपालिकामा निर्माण भईरहेको ३२ किलोमिटर सडकका लागि ८ करोड ९६ लाख २३ हजार ४ सय १८ रुपैयाँ मुआब्जा भुक्तानी गरिएको छ। उक्त सडकका लागि १४ करोड ६८ लाख २२ हजार ३ सय ६ रुपैयाँ मुआब्जा उपलब्ध गराउनु पर्नेछ अझै मुआब्जा वितरण कार्यले अन्तिम रुप पाएको छैन। भुकम्प पछि पुनर्निर्माण गरिएका दुई सडकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धुलिखेल मार्फत जिल्लाको खोपासी–च्याम्राङ्गबेसी–मिल्चे, बोराङ्ग सडक १४ किलोमिटर ५५ मिटर र कुन्ताबेसी–नयाँगाउँ–नगरकोट सडक साँढे १७ किलोमिटरमा पर्ने ब्यक्तिको जग्गाको मुआब्जा भुक्तानी गरेको छ। बेथान्चोक गाउँपालिकाको १ सय ७३ कित्ताको नयाँ सडकमा पर्न आउने २८ हजार २ सय ३४ बर्ग मिटर क्षेत्रफलको १ करोड ५७ लाख ६२ हजार २ सय ८ रुपैया भुक्तानी गरिएको छ। सोहि क्षेत्रमा बैंकमा धितो रहेको १२ कित्ता, सम्पर्कमा नआएका ५१ कित्ता, जग्गा धनी मृत्यु भएका ४ कित्ता, कानुनी प्रकृयाले रोक्का रहेका ४ कित्ता, जग्गा धनी विदेशमा रहेका ३ कित्ता, मालपोत÷नापीमा प्रकृयामा रहेका ११ कित्ता, जग्गाधनी पहिचान हुन नसकेका २८ कित्ता, निवेदन प्राप्त भएका ९ कित्ता समेत गरी २ सय ९५ कित्ताको २ करोड ३२ लाख ८३ हजार ५ सय ८१ रुपैयाँ मुआब्जा दिनुपर्ने तय भएको थियो। 
    त्यस्तै कुन्ताबेसी–नयाँगाउँ–नगरकोट सडकको १७ किलोमिटर ५ सय मिटरका लागि ५ सय कित्तामा मुआब्जा वितरण गर्नु पर्नेमा २ सय ३ कित्ताको मात्रै भुक्तानी भएको छ। १२ करोड ३५ लाख ३८ हजार ७ सय २५ रुपैया मुआब्जा वितरण गर्नुपर्ने उक्त सडक खण्डमा ७ करोड ३८ लाख ६१ हजार २ सय १० रुपैया भुक्तानी भएको छ। 
    जिल्लाका दुई नमुना सडकले भुकम्प पछि मुआब्जा प्राप्त गरी सडक फराकिलो बन्ने काम भएको छ। सडकमा रहेका ५ सय कित्ता मध्ये ५ वटा कित्ता बैंकमा धितो रहेको छ। जसको मुल्य २८ लाख ४८ हजार ९ सय ६५ रुपैयाँ रहेको छ। सम्पर्कमा नआएका कित्ताहरु १ सय ८ वटा छन्। जसको मुल्य १ करोड ८१ लाख ३ हजार ८ सय ६५ रुपैया रहेको छ। ८ वटा कित्ताका जग्गा धनीहरुको मृत्यु भएका कारण मुआब्जा रोकिएको छ भने कानुनी प्रकृयामा रोक्का रहेका १ वटा कित्ता छ। जग्गा धनी विदेशमा रहेका कारण ३ वटा कित्ता, मालपोत÷नापीमा प्रकृयामा रहेका ८४ कित्ता, जग्गा धनि पहिचान नै हुन नसकेका ५७ कित्ता र पुर्जा निर्माण प्रकृयामा रहेका १४ कित्ता छन्। निवेदन प्राप्त भएका १७ कित्ता र सडकमा नपरेका ४ वटा कित्ता छन्। उक्त सडक निर्माण कार्य भईरहेको छ तर पनि निर्माण कार्य सम्पन्न भएको छैन। मुआब्जामा भईरहेको ढिलाईले सर्वसाधारण मर्कामा परेपछि जिल्ला आयोजना कार्यान्वयन इकाईले तदारुकता देखाएको छ।