समृद्ध काभ्रेको जग राख्ने गरी जिल्लाका विभिन्न स्थानमा विकास परियोजनाहरु शुरु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न मन्त्रालय मार्फत तथा सिधै बजेट कार्यक्रम मार्फत जिल्लाको समृद्धका लागि परियोजना संचालन शुरु गरेका छन् । राजधानीको नजिक तर बत्तिमुनीको अँध्यारो जस्तै हुँदै आएको काभ्रेपलाञ्चोक जिल्लाबाट पटक पटक जनप्रतिनिधि निर्वाचित भए पनि केन्द्रिय सरकारसँगको पहुँच हुन सकेको थिएन । महत्वपूर्ण जिम्मेवारी प्राप्त नहुँदा जिल्लाको विकासमा धिमेधिमे भए पनि ठुला परियोजना समावेश हुन सकेका थिएनन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले त्यो अवसर प्राप्त गरेसँगै काभ्रेको समृद्धको यात्रा शुरु भएको हो । मन्त्री तथा स्थानीय सरकारका प्रमुखहरुको नेतृत्व काभ्रेजिल्लाका जनप्रतिनिधिले गर्ने अवसर प्राप्त गरेका छन् । जसको कारण जिल्लाको समृद्धको जग बसेको छ ।
समृद्ध काभ्रेको जगमा जिल्लाका सबै क्षेत्रको साथ र सहयोग तथा निरन्तर खवरदारी आवश्यक छ । सरकारले जिल्लाका लागि लगानी सम्मेलनमा ८ वटा परियोजना समावेश गरेको छ । ७० वटा परियोजना प्रस्ताव गरिएकोमा ८ वटा परियोजना जिल्लाकै लागि छन् । जिल्लाको महत्वपूर्ण आयोजना सुनकोशी तेश्रो ५३६ मेगावाटका लागि १ खर्ब १० अर्ब रुपैयाको लगानी प्रस्ताव दर्ता भएको छ । उक्त आयोजनालाई बढाएर थप ३ सय मेघावाट थप्न सकिनेछ । पर्यटन पूवार्धार, ताल निर्माण र मण्डन तथा पाँचखालका कृषकहरुका लागि सोहि योजनाबाट सिंचाई समेत गर्न सकिने महत्वपुर्ण आयोजना जिल्लाले प्राप्त गरेको छ । कृषिसँग सम्वन्धित रिसर्च गर्ने र जिल्लाको कृषिलाई ब्यवसायिकरण, प्रविधिकरण गरी मुलुकमै नमुना बनाउने उदेश्यले ५ अर्ब लगानी प्रस्ताव गरिएको छ । बनेपाको नाला क्षेत्रमा उक्त आयोजना कार्यान्वयन हुनेछ । नीजि क्षेत्रले बनेपाको अपाङ्ग अस्पताल आसपासमा बुटिक होटल निर्माणको प्रस्ताव गरेको छ । अन्र्तराष्ट्रिय स्तरको उक्त होटल निर्माण पछि पर्यटन क्षेत्रमा थप आयाम थपिनेछ । धुलिखेल क्षेत्रमा फोहोर मैला ब्यवस्थापनका लागि ६ अर्ब लगानी प्रस्ताव गरिएको छ । जसका लागि बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाको फोहोर सकंलन गरी फोहोरबाट विविधिकरण गरिनेछ । इर्नजी, मल तथा फोहोरको ब्यवस्थापनबाट नगरपालिकाहरुलाई थप वातावरण मैत्री बनाउन सहयोग पुग्नेछ ।
काभ्रेपलाञ्चोक जिल्लालाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अध्ययन, अनुसन्धान र उपचारमा सहयोग पु¥याउने उदेश्यले धुलिखेल मेडिसिटी निर्माण गरिने भएको छ । जसका लागि ७ अर्ब लगानी प्रस्ताव गरिएको छ । आईटी पार्क रहेको क्षेत्रमा थप १३ रोपनी जमिन उद्योग मन्त्रालयसँगको समझादारीमा थप गर्दै सेक्युरिटी प्रेस स्थापना गरिनेछ । ३० अर्बको उक्त आयोजना ३ वर्षमा सम्पन्न हुनेछ । उक्त कार्यका लागि सम्झौता भईसकेको छ । धुलिखेल पर्यटनका हिसावले अन्य नगर भन्दा अगाडी रहेको छ । होटल, रिसोर्ट र वातावरणका हिसावले धुलिखेललाई पर्यटकीय शहर बनाउन ड्रिम ल्याण्ड प्रोजेक्ट तयार गरिएको छ । जसका लागि लगानी सम्मेलनमा प्रस्ताव गरी लगानीको सुनिश्चित गरिएको छ । धुलिखेलको बर्षाै देखिको उक्त योजनालाई आयोजनाका रुपमा लगानीको वातावरण तयार गरिएको छ । रोशीको पानी संरक्षणका लागि १ अर्ब ७० करोडको रकम विनियोजन गरिएको छ । पाँचखालमा सेज निर्माणले गति लिएकोे छ । पाँचखाल र मण्डनका लागि इन्द्रावती खोलाबाट सिंचाईको ब्यवस्थापन गर्ने गरी डिपिआर शुरु गरिएको छ । बनेपा नगरपालिकामा करिडोर निर्माणका लागि ३ करोड रकम विनियोजन गरिएको छ । करिडोर बनेपा हुँदै धुलिखेल र पनौतीलाई जोडिनेछ । महाभारत ट्रेल, बौद्ध मार्ग सर्किट, बनेपामा कला केन्द्रको स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।
काभ्रे एकिकृत शहर निर्माणका लागि २५ करोड रकम विनियोजन गरिएको छ । पाँचखाल नगरपालिकामा २ अर्ब १४ करोडको खानेपानी आयोजना शुरु गरिएको छ । बनेपामा हिलेजलजलेमा ड्याम निर्माण गरी पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । बालबालिकाहरुका लागि खेल्ने पार्क र बनेपामा बसपार्क निर्माणको कार्य अगाडी बढाईएको छ । यि योजनाहरु समयमै सम्पन्न गर्न स्थानीयहरुको सक्रियता आवश्यक छ । जिल्लाले विकास र समृद्धका लागि राखेको जग उठाउन सबैको होस्टेमा हैसे आवश्यक छ ।





