बनेपा/राइजिङ स्टार अर्ली चाइल्ड डेभलपमेन्टको आयोजनामा तेस्रो नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रम बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता तथा राइजिङ स्टार अर्ली चाइल्ड डेभलपमेन्टकी अध्यक्ष जुनुमाया मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथी शुभलक्ष्मी मानन्धरले उक्त कार्यक्रमले बालबालिकामा लुकेर रहेका प्रतिभालाई पहिचान गरी आफ्नै क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त हुने र पढाइसँगै कला, संस्कृति र अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरित गर्ने बताईन् । यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरी बालबालिकाहरुको प्रतिभा प्रस्फटुन गर्नु पर्ने मानन्धरले बताईन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनिता प्रजापतिले उक्त नृत्य प्रतियोगिता सानै उमेरदेखि बालबालिकामा रहेको प्रतिभा पहिचान गरी उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले ३ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको बताईन् । बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान हुने र बालबालिकाहरुको आत्मविश्वास, सिर्जनात्मकता, अनुशासन र सामाजिक व्यवहार विकास गर्न सहयोग पुग्ने प्रजापतिले बताइन् । प्रतियोगितामा बनेपा क्षेत्रका ११ वटा विद्यालयका यूकेजी सम्म अध्ययनरत बालबालिकाले सहभागिता जनाएका थिए । बालबालिकाले विभिन्न गीत तथा संगीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बालबालिकाका अभिभावक, शिक्षक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष अनिता प्रजापति, सचिब सविना कारजिंत कोषाध्यक्ष दिपा शिल्पकार सदस्य नविना कारंजित लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमकी सभापति तथा सस्थाकी अध्यक्ष जुनुमाया मानन्धरले बालल्यकालमा बालबालिकालाई खेल, कला, संगीत तथा नृत्यजस्ता सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदा उनीहरूको आत्मविश्वास र सामाजिक सीप विकासमा सहयोग पुग्ने भएकाले विद्यालय तथा बाल विकास केन्द्रहरूले यस्ता गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताईन् । कार्यक्रममा स्वागत मन्तब्य नविना श्रेष्ठले ले राखेकी थिईन् । कार्यक्रममा बालबालिकाहरुलई प्रमाणपत्र र ट्रफि वितरण गरिएको थियो ।





