2026 July 22/ 07:22: 08am

    धुलिखेल/धुलिखेल अस्पतालले स्थापनाकाल देखि निःसन्तान सेवा दिँदै आएकोमा कोभिडपछि उक्त सेवालाई थप परिस्कृत गरेको छ । 
    स्त्री तथा प्रसुतीरोग विभाग अन्तर्गत निःसन्तान सेवाका क्रममा आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन) प्रविधि मार्पmत् सयौं केस पुगेको उपलक्ष्यमा एक उत्सव कार्यक्रम सम्पन्न भएको छ । विगत डेढ वर्षको अन्तरालमा १०० वटा आईयूआई केस सम्पन्न भएको छ भने गर्भाधान सफलता दर करिब ३२ प्रतिशत रहेको प्रा.डा. सुमनराज ताम्राकारले बताए । उक्त उत्सव कार्यक्रममा डा.सोनम श्रेष्ठ (स्नातकोत्तर तह अध्ययनरत), डा. कुमारी त्वायना र डा.रुपेश सिंह बस्न्यातको मेहनतको कदर गरियो । प्रा.डा. सुमनराज, ताम्राकार, प्रा. डा.आभा श्रेष्ठ र डा.सुनिला शाक्यले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए । धुलिखेल अस्पतालमा कृत्रिम गर्भाधान सेवाको स्तरबृद्धि गर्दै जाने योजना प्रस्तुत गरिएको थियो । हाल निःसन्तान सेवा अन्तर्गत दम्पत्तिकै विस्तृत शारीरिक जाँच, भिडियो एक्सरे, विभिन्न खाले हर्मोन सहितको रगत जाँच, हिस्टोसाल्पिन्गोग्राफी, डायग्नोस्टिक ल्यापारोस्कीपी क्रोमोट्युबेस, आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन), परामर्श सेवाका साथै गर्भवतीको सम्पूर्ण जाँच सेवा उपलब्ध हुँदै आएको छ ।