2026 July 22/ 10:18: 29am

बनेपा/रोटरी कम्युनिटी कप्र्स पिपलचौरको आयोजनामा स्वास्थ्य, जीवनयापन र आधारभूत सेवाहरू सुदृढ बनाउने उद्देश्यले विभिन्न सामुदायिक गति विधिहरू सम्पन्न भएका छन् ।
 रोटरी क्लबका प्रतिनिधि, रोटरी सामुदायिक संघ पिपलचौरका सदस्यहरू तथा स्थानीय समुदायको सक्रिय सहभागितामा हिमगंगा पानी उपभोक्ता समूहसँग पानी आपूर्तिको अवस्थाबारे छलफल, बालबालिकाको आँखा परीक्षण तथा उपचारका लागि रिफरल, ‘सिड फर लाइफ’ अन्तर्गत हिउँदे तरकारीका बीउ वितरण, तथा रिजर्भ ट्याङ्कीको निरीक्षण लगायतका महत्वपूर्ण कार्यक्रमहरू सम्पन्न भएको रोटरीयन अशोक श्रेष्ठले बताए ।  
    त्यसैगरी रोटेरियन मनिष योगल, उपाध्यक्ष; रोटरी क्लब धुलिखेल सेवा परियोजना समितिका अध्यक्ष रोटरियन जयबहादुर राई ट्रस्ट फण्ड समितिका अध्यक्ष रोटरियन अशोक श्रेष्ठ तथा रोटरी क्लब अफ धुलिखेलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    त्यसैगरी कार्यक्रममा रोटरी सामुदायिक संघ पिपलचौरका अध्यक्ष पल्लवी प्रधान, कोषाध्यक्ष सबिना श्रेष्ठ, अभिषेक श्रेष्ठ, रितु दुुवाल, प्रकाश श्रेष्ठ, रस्मिला श्रेष्ठ र सन्तोषी श्रेष्ठ लगायत स्थानीय सदस्यहरूको उल्लेखनीय योगदान र सहभागिता रहेको थियो ।
समुदायका बासिन्दाले रोटरी टोलीसँग ३५ घर धुरीलाई लक्षित नयाँ खानेपानी परियोजनाका लागि सहयोग गर्न आग्रह गरेका थिए ।  त्यसैगरी  १० घर धुरीले थप १० वटा बायोग्यास प्लान्ट स्थापना गरि दिन अनुरोध गरेका थिए । जसले समुदायमा रोटरीप्रतिको विश्वास र आवश्यकता स्पष्ट रूपमा देखाएको अध्यक्ष पल्लवी प्रधानले बताईन् । उक्त योजनाहरुलाई  अघि बढाउन सहयोग प्रदान गर्दै आएका अष्ट्रेलिया स्थित रोटरी क्लब अफ अनली, क्यासल हिल, एडिलेड र बेल्भोयर वोडोंगा प्रति विशेष आभार प्रकट गरिएको थियो । हाल क्लबले पिपलचौरमा बायोग्यास मर्मत परियोजना, ‘सिड फर लाइफ’कार्यक्रम, खानेपानी आपूर्ति तथा बालबालिकाको दृष्टि परीक्षण प्रमुख प्राथमिक परियोजनाका रूपमा अगाडि बढाउदै आएको छ ।