2026 July 22/ 07:36: 08pm

बनेपा/सिदार्थ स्कुल बनेपाको शैक्षिक सत्र २०८१ सालको नतिजा प्रकाशन,  विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको छ । 
    नर्सरी देखी कक्षा ९ सम्मका प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुन्जप्रसाद लुईटेलले समय अनुसारको शिक्षा, प्रविधि अनुसार स्मार्ट बोर्ड मार्फत, ब्यबहारिक शिक्षा, विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गरिने बताए । शिक्षक, विद्यार्थी र अभिभाबकको समन्वयमा मात्रै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने लुईटेलले बताए । विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर केसीले विद्यालय स्थापनाको समय र हालको समय धेरै फरक भएकाले समय अनुसारको शिक्षा प्रदान गर्नु पर्ने बताए । विद्यालयले समय र प्रविधि अनुसारको शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखी गुणस्तरीय शिक्षामा जोड दिने केसीले बताए । कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने, विद्यालयका सहायक प्रिन्सिपल सुधिर न्यौपाने लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।