2026 July 22/ 07:21: 41pm

    बनेपा/महर्षि मुद्गल सान्दीपनी गुरुकुलको भूमी खरिद तथा गुरुकुलम भवन निर्माणार्थ प्रयोजनका उदेश्यले पनौती नगरपालिका वडा नम्वर ५ नैकिनटार, श्रीखण्डपुर काभ्रेमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिएको छ । 
    विन्ध्यवासिनी आध्यामिक प्रतिष्ठानको आयोजनामा आउँदो चैत्र १७ गते आईतबार देखि २०८१ चैत्र २४ गतेसम्म नवाह ज्ञान महायज्ञ हुनेछ । प्रतिष्ठानका संस्थापक परामाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निःशेषानन्द गिरिजी महारजको पावन सान्निध्य तथा सत्संकल्पमा आचार्य श्री ढुण्डिराज शरण जीका मुखरविन्दबाट हुने संगीतमय श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ कार्यक्रमको तयारी भईरहेको छ । महायज्ञका लागि २०८१ चैत्र १७ गते विहान ९ बजे देखि कलशयात्रा हुनेछ भने महायज्ञ उद्घाटन सोहि दिन दिउँसो २ बजे हुनेछ । 
    कथा वाचन २०८१ चैत्र १८ गते देखि २४ गतेसम्म विहान १०.३० देखि ४.३० सम्म हुनेछ भने आरती पुष्पाञ्जली हरेक दिन साँझ ४.३० बजे हुनेछ । यज्ञको पुर्णाहुति २०८१ चैत्र २४ गते हुने आयोजक विन्ध्यवासिनी आध्यामिक प्रतिष्ठान, काभ्रेले जानकारी दिएको छ । 
उक्त कार्यक्रममा सहभागि भई धार्मिक रुपमा लाभ लिन आयोजक समितिले अनुरोध गरेको छ ।