2026 October 30/ 11:53: 56am

बनेपा/चैतन्य बहुमुखी क्याम्पस बनेपा ८ काभ्रेपलाञ्चोकले ३३ औ बार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । सोहि अवसरमा विभिन्न कार्यक्रमहरुमा उत्कृष्टहरुलाई पुरस्कृत गरिएको थियो । 
    क्याम्पसका संस्थापक सदस्य राजभाई मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री खड्गीले सामुदायिक क्याम्पसहरुको संस्थागत विकास र शुशासनसँगै विद्यार्थीहरुलाई ब्यवहारीक ज्ञान प्रदान गर्नु पर्ने बताईन् । क्याम्पस प्रमुख जुजुभाई मानन्धरले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, क्याम्पसलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने ब्यक्तिहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    शिक्षा, कानुन संकाय लगायतका विषयमा अध्यापन शुरु गर्ने चैतन्य बहुमुखी क्याम्पस जिल्लाको पहिलो क्याम्पस हो । संस्थागत सुधार, प्रभावकारी शैक्षिक कार्यक्रम तथा विविध विषयमा चैतन्य क्याम्पसले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।