2026 July 27/ 07:33: 29pm

    महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ५ स्थित चारकिल्ला–गुराँसे–भलडाँडा–बनखु गाँउपालिका कार्यालय जोड्ने सडकका लागि प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपैयाले सडक स्तरोन्नती हुनु पर्नेमा त्यसो नभई पुनः अन्यत्र नयाँ ट्रयाक खोल्न लागेको भन्दै स्थानीयहरुले महाभारत गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । 
    महाभारत गाउँपालिका वडा नम्वर  ५ का पदमबहादुर राना, धनराज मोक्तान, राजेन्द्र थापा, यमबहादुर तुम्सिङ्ग र प्रेमबहादुर राना सहितले गाउँपालिकाको ध्यानाकर्षणका लागि निवेदन दिएका हुन् । सडक स्तरोन्नतीका लागि प्राप्त भएको रकम फरक स्थानमा खर्च गर्ने गरी समितिले जर्बजस्ति रुपमा अन्यत्र ट्रयाक खोल्ने विषयलाई प्राथमिकता नदिन उनिहरुले अनुरोध गरेका छन् । नयाँ ट्रयाक खोल्ने स्थानका जग्गाधनीहरुको असमहतिका बाबजुत जर्बजस्ति ट्रयाक खोल्ने कुरा तत्काल बन्द गर्न अनुरोध गरिएको छ । जग्गाधनीहरुको असहमतिका बाबजुत भएको उक्त कार्यले विकास नभई विनाश हुने चेतावनी उनिहरुले दिएका छन् । जुन शिषर्कको बजेट प्राप्त भएको छ त्यहि शिषर्ककमा खर्च नगरी अन्यत्र ट्रयाक खोलिसकिएको स्थान आम्बोटे टोलमा पुनः ट्रयाक खोल्दा ब्यक्तिको घर र जग्गा समेतको क्षति हुने भएकाले उक्त कार्य रोक्न उनिहरुले माग गरेका हुन् । फरक शिर्षकको बजेटबाट ब्यक्तिको उठिबास लगाउने कार्य बन्द गर्न स्थानीयहरुले गाउँपालिकासँग अनुरोध गरेका छन् ।