2026 July 29/ 05:52: 04am

बनेपा/शिर मेमोरियल ऐड्भेन्टिस अस्पताल मेडिकल इन्स्टिच्युट कलेज अफ नर्सिङ बनेपाको आयोजनामा सिद्धार्थ एकेडेमीमा विद्यार्थीहरूको लागि पौष्टिक आहारको प्रदर्शन स्वास्थ्य शिक्षा कार्यक्रम तथा लभ एण्ड शेयरिङको उपयोगिताको बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा अस्पतालका प्रमुख कार्यक्रम अधिकृत सुन्दर थापाले यस्ता सचेतना कार्यक्रमहरुले विद्यार्थीहरुको मानवीय जीवनलाई नै सत्मार्गमा डो¥याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । अस्पतालले शैक्षिक संस्थामा वर्षको २ वटा विद्यालयमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको र यसले प्रभावकारी भएको थापाले बताउनु भयो । त्यसैगरी कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले विद्यालयमा यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीहरुको थप क्षमता बृद्धि हुने बताउनु भयो । कक्षा ११ र १२ का उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालयले समय समयमा विद्यार्थीहरुलाई पढाईको अतिरिक्त प्राविधिक तथा अन्य विषयमा समेत कक्षाहरु सञ्चालन गर्दै आएको बताउनु भयो । विद्यार्थीहरुलाई विभिन्न स्वास्थ सम्बन्धी परामर्श, सचेतनामूलक कार्यक्रम, उच्च शिक्षा परामर्श तथा विद्यार्थीहरुको स्वास्थ परीक्षण समेत गरेको हुँदा अस्पताललाई लुईटेलले विशेष धन्यवाद दिनु भएको थियो । 
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, एकेडेमीका डाईरेक्टर ताराजङ्ग गुरुङ्ग, कजेलकी प्रिन्सिपल निर्मला मानन्धर, भाइस प्रिन्सिपल प्रतिमा मानन्धर लगायतको सहभागिता रहेको थियो ।