2026 July 28/ 04:12: 15pm

बनेपा/नेपाल बुद्धिजिवी परिषदको बनेपा नगरमा श्रीकृष्ण पाण्डेको अध्यक्षतामा २५ सदस्य नगर कार्यसमिती गठन गरेको छ । 
समितीको उपाध्यक्षमा माधब गौतम, सचिब शिबराम सिग्देल, उप सचिब उद्धब लुईटेल, कोषाध्यक्ष वकिलनाथ शर्मा वाग्ले, सदस्यहरुमा विष्णुप्रसाद दाहाल, नेमकृष्ण श्रेष्ठ, रेवतीप्रसाद दाहाल, सुस्मिता घिमिरे, जनकलाल श्रेष्ठ, बाबुराम घिमिरे, युवराज दाहाल, वालकृष्ण श्रेष्ठ, सिपी सुवेदी, सोनाम लामा, बलराम घिमिरे रहनुभएको छ । अधिबेशनको उद्घाटन नेपाल बुद्धिजिवी परिषद काभ्रेका अधयक्ष डा. अम्भु भवानी कार्किले गर्नु भएको थियो । कार्यक्रममा परिषदका केन्द्रिय सदस्य रामशरण घिमिरे, बुद्धिजीवी विभाग ईन्चार्ज प्रकाश रोक्का, बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रजिंत, उपाध्यक्ष नवराज मानन्धर लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम परिषदका बनेपा ईन्चार्ज राजदास काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।