2026 July 29/ 07:02: 49pm

बनेपा/सातौं राष्ट्रिय प्रोफेसनल तेक्वाण्डो  ITF च्याम्पीयनशीप यहि २०७९ बैशाख ३ गते काभ्रे जिल्लाको बनेपामा आयोजना हुने भएको छ । 
तेक्वाण्डो खेललाई ब्यवसायिकतर्फ उन्मुख गराइने उद्देश्यले हुन लागेको नेपाल देशभरका सातवटै प्रदेश विभागीय टिम नेपाल आर्मी तथा नेपाल सशस्त्र प्रहरी टिमका खेलाडीहरु सहभागी हुनेछन् । 
काभ्रे तेक्वाण्डो ITF संघ तथा काभे्र तेक्वाण्डो ITF एकेडेमीले आयोजना गर्न लागेको उक्त च्याम्पियनशीपमा प्रथम, दोस्रो तथा द्धितीय हुने खेलाडीहरुलाई क्रमशः ७५ हजार, ५० हजार तथा २५ हजार नगद सहित मेडल ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्य खेलाडीहरुलाई समेत सम्मान स्वरुप ट्रफि र रेफ्रि जुरीको भुमिका निर्वाह गर्ने सबैलाई मायाको चिनो तथा नगद प्रदान गरिने काभे्र तेक्वाण्डो संघका संस्थापक अध्यक्ष तथा च्याम्पियनशीपका संयोजक राजमन्दिर श्रेष्ठले बताएका छन ।