2026 July 30/ 01:33: 38am

बनेपा/काभ्रे जेसीज वर्ष २०२२ को लागि अध्यक्षमा संजिप मानन्धरको नेतृत्वमा नयाँ समिती निर्वाचित भएको छ ।
जसको कार्यकारी उपाध्यक्ष ज्ञानेन्द्र दाहाल कार्यकारी उपाध्यक्ष स्वरुप शाक्य, उपाध्यक्ष श्याम सेवाचार्य, उपाध्यक्ष सुजन महर्जन, उपाध्यक्ष निर्जन गौतम, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ कानुनी सल्लाहकार सुरेन्द्र शुद्धकार, महासचिवमा सुमित मानन्धर, कोषाध्यक्ष रिकेश सैंजु, तालिम संयाजक  विजय राम बञ्जारा रहनु भएको छ । 
त्यसैगरी काभ्रे लेडि जेसीजका लागि वर्ष २०२२ को अध्यक्षमा सुमित्रा श्रेष्ठ बादे निर्वाचित हुनु भएको छ । 
गत सोमबार सम्पन्न शाखाको २८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा मोनिका शाक्य, रविना सेवाचार्य, उपाध्यक्षहरुमा रशिला तामाङ, कविता लामा, समिता श्रेष्ठ, सरस्वती मानन्धर महासचिवमा बुद्धलक्ष्मी मानन्धर, कोषाध्यक्षमा सविता शाक्य र तालिम संयोजकमा मन्जु घिमिरे निर्वाचित हुनु भएको छ । कार्यक्रमको सभापतित्व  २०२१ की शाखा अध्यक्ष देवकी आचार्यले गर्नु भएको थियो ।