2026 July 29/ 11:18: 10pm

बनेपा/बनेपा नगरपालिका वडानम्बर १०,१३ र १मा पर्ने भगवान थुम्की सामुदायीक बन उपभोक्ता समितीको ३० औ वार्षिक साधारण सभा जिल्ला समन्वय समिती प्रमुख उद्धब केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी केसीले बन जोगाउनु सबै नागरीक र उपभोक्ताको दायित्व रहेको बताउनु भयो । बन जंगल जोगाउन सकियो भने खानेपानिका मुहान देखी जंगलमा रहेका बन्यजन्तुको समेत संरक्षण हुने र उपभोक्ताहरुका लागी चाहिने घाँस सोतर प्रयोग गर्न मिल्ने केसीले बताउनु भयो । उपभोक्ता समतिी कार्ययोजना बनाई पुराना रुखहरुलाई ब्यबस्थापन गर्दा आम्दानी हुने विकासमा र उपभोक्ताहरुलाई नै उन्नत जिविकोपार्जनका लागी प्रयोग गर्न मिल्ने बताउनु भयो । उक्त बनलाई धार्मिक तथा पर्यटकीय बनाउन सकेमा थप आम्दानी र संरणमा सहयोग पुग्ने केसीको भनाई रहेको थियो । कार्यक्रममा जिल्ला बन अधिकृत देविचन्द्र पेखरेल, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, वडा नम्बर १३का वडा अध्यक्ष सुर्यनारायण नापित लगाएतका बयक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब सविना थापाले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष बाल मुकुन्द थापाले सभामा प्रस्तुत गर्नु भएको थियो । बनको वािर्षक आय ब्यय कुल ३३ लाख ५० हजार रहेको, उपभोक्ता समितीमा २ सय ८४ जना रहेको जनाएको छ । भने यो वर्ष विकासका लागी सडक ढलान र गोरखकाली मन्दिरलाई आर्थिक रकम प्रदान गरेको बताइएको थियो । कार्यक्रम समितीका उपाध्यक्ष सन्तोष थापाले सञ्चालन गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष चित्र बहादुर केसीले गर्नु भएको थियो ।