2026 May 01/ 05:31: 24pm

    धुलिखेल/हिमालयन ईन्टरनेश्नल एकेडेमी धुलिखेलको आयोजनामा शुभदिपावली, नयाँबर्ष र छडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 
    नगर उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ नं वडा अध्यक्ष विनोद पराजुली, ८ नं वडा अध्यक्ष निरन्जन जंगम, शिक्षा सेवी रामप्रसाद अधिकारी, विद्यालयका प्रिन्सिपल सिवी तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ब्यबस्थापन समितीका अध्यक्ष दयाराम महतको सभापतित्वमा सम्पन्न भएको थियो ।