धुलिखेल/रमाईलो छत्रछाया मुनी धुलिखेलको आयोजनामा नेपाल सम्वत ११३९ को अवसरमा भाषा, कला संस्कृति र परम्परा जोगाउने उदेश्यले विशेष -याली आयोजना गरेको छ ।
धुलिखेलको नारायणस्थानबाट शुरु भएको ¥याली धुलिखेलको सरस्वती बजार, अड्डा बजार, हजार सिंढीको मुख टुँढिखेल हुँदै फर्किएर भगवतीस्थान हुँदै नारायणस्थानमा आएर समापन भएको थियो । भाषा र संस्कृतिको संरक्षण गर्न र नेवारी खाजाको तालिम मार्फत त्यसको ब्यवस्थापन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताए । मठ मन्दिरहरुको संरक्षण गर्ने, सबै जातजातिहरुको भाषा, संस्कृति संरक्षण गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । नेवारी भाषा सिक्न चाहनेहरुका लागि तालिमको ब्यवस्थापन गर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष मातीराम तिमल्सिना, धुलिखेल नगरपालिका जनजाति परिषद्का उपाध्यक्ष ओमलाल श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजु, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, शिक्षासेवी चुनियाँलाल माकजु लगायतले नेपाल सम्वतको महत्व र त्यसको आवश्यकताका बारेमा मन्तब्य राखेका थिए ।
सस्थाका अध्यक्ष श्रेयविक्रम ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सचिव दिक्षा ब्याञ्जुले गरेकी थिईन् । उक्त कार्यक्रममा धुलिखेलका विभिन्न संघ संस्थाहरुको सहयोग तथा सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल सम्वतका प्रर्वतक शंखधर शाख्वालाई सम्झँदै पद्मरत्न तुलाधर प्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।









