2026 July 30/ 12:28: 32pm

    धुलिखेल/काठमाण्डौ मिनभवन स्थित अग्रज सेवा समाज संस्थामा आवद्ध १ सय ३० जना जेष्ठ नागरिकहरुलाई काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती माईको दर्शन गराईएको छ । साथै दर्शन पश्चात धुलिखेल नगरपालिकामा जिल्ला प्रहरी कार्यालय काभ्रेको तर्फबाट शुभकामना आदान प्रदान गरिएको छ । 
    जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष महाप्रसाद पराजुली लगायतले भ्रमणमा सहभागी सम्पूर्ण जेष्ठ नागरिकहरुलाई धुलिखेल नगरपालिकाको सभा हलमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले सम्मान सहित शुभकामना दिनु भएको थियो ।