2026 July 30/ 02:23: 04pm

उद्धब प्रसाद अधिकारी/पाँचखाल
नेपाल लाईफ ईन्न्सोुरेन्स पाँचखाल शाखाले आफ्ना अभिकर्ताहरुलाई उत्प्रेरणा र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्सोरेन्सका नायब महाप्रवन्धक उमापति पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । पोखरेलले अहिले पहिलाको दाजोमा विमाकर्ताहरु बढिरहेको बताउनु भयो । विमा सम्बन्धी बुझेर विमाकर्ता बढ्दै गएकाले यसलाई अझै गाउँगाउँसम्म विमा सम्बन्धी बुझाउनु पर्ने बताउनु भयो । विमा सम्बन्धी आम मान्छेहरुमा नकारात्मक प्रभाव परेकाले कम विश्वास गरिरहेको पोखरेलले बताउनु भयो । तर अहिले परिस्थिति फेरिएकाले विमा गर्नेहरु आफै गर्न थालेका छन् विमा दुघर्टना पछि मात्र नभई आफ्नो बचत समेत भएकाले अहिले आकर्षण बढ्दै गएको बताउनु भयो । 
कार्यक्रममा ईन्सोरेन्सका बागमति प्रदेश क्षेत्रिय प्रबन्धक दिवाकर बराल, एमडिआरटी प्राप्त गर्नु भएका शंखलाल श्रेष्ठ, सन्तोष नापित, ओमकार श्रेष्ठ, सरस्वती श्रेष्ठ, देबकी कुवर, प्रगतीशिल बहुदेश्यीय सहकारीका प्रबन्धक युवराज अर्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य एमडिआरटि शंखलाल श्रेष्ठले गर्नु भएको थियो भने प्रशिक्षण प्रमुख अतिथी उमापती पोखरेल र दिवाकर बरालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम पाँखाल शाखाका ईन्चाज विनय सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।