पनौती/सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल काभ्रेपलान्चोकको ८ औं सेवा केन्द्र असोज २५ गते रोशी गाउँपालिका वडा नंं. ९ मंगलटारमा शुभारम्भ भएको छ ।
रोशी गाउपालिकाका अध्यक्ष डि.वि लामाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा मंगल जनविजय उच्च मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामा लगायत सहभागि भएका थिए । संस्थाका अध्यक्ष प्रकाश वन्जारा, प्रमुख सल्लाहाकार दिपक थापा तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त उद्घाटन कार्यक्रम संस्थाका सचिव मुकुन्द शर्माले संचालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रताप ताम्राकारले राखेका थिए । कार्यक्रममा १ सय ३५ जना स्थानीयको उपस्थिति रहेको थियो साथै सोही दिन ७५ जनाले संस्थाको सदस्यता लिएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन वस्नेतले संस्थाको पृष्ठभुमी, हालको वर्तमान अवस्था, संस्थाको सेवा केन्द्र तथा संस्थाले उपलव्ध गराउने वस्तु तथा सेवाहरुको वारेमा जानकारी गराएका थिए ।









