2026 August 01/ 12:59: 48pm

रवि/धुलिखेल नगरपालिका वडा नम्बर २ स्थित रविगाउँ एकीकृत खानेपानीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
साधारण सभाको उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख  अशोक ब्याञ्जुले एक कार्यक्रमका विच गर्नु भएको थियो । ब्याञ्जुले धुलिखेल नगरभित्रका घरधुरीहरुलाई एक घर एक धारा पु¥याउने योजना अन्तिम चरणमा पुगेको वताउनु भयो ।  निर्वाचनका समयका गरेका प्रतिबद्धताहरु पुरा गर्दे गएको ब्यान्जुले बताउनु भयो । नगरले प्रत्येक वडामा पार्क, खानेपानी, स्वास्थ्य चौकी, शिक्षा र सडक जस्तो पुर्वाधार विकासमा फड्को मारेको बताउनु भयो । नगरबासीहरुको आर्थिक अबस्था सुधार गर्नका लागी विभिन्न सिपमुलक तालिम प्रदान गरी आर्यआर्जनमा थप टेवा पु¥याउन सहयोग गरेको बताउनु भयो । 
साधारणसभाको बन्द सत्रले नयाँ कार्य समिति पनि चयन गरेको छ । जस अन्र्तगत टङ्क प्रसाद घोरााइने अध्यक्ष, प्रल्हाद कोइराला उपाध्यक्ष, बिदुर कोइराला सचिव, कृष्णबहादुर राउत कोषाध्यक्ष, मान बहादुर तामाङ, सुशिला हुमागाई कोइराला, सृजना विश्वकर्मा, केदार चौलागाईं, मिलन पौडेल, अमृता कोइराला, राजकुमार गेलाल, सुशिला हुमागाई सापकोटा, कुमार ढुङ्गाना सदस्य रहेको समिति सर्वसम्मत चयन गरिएको हो ।