2026 August 01/ 10:29: 47am

धुलिखेल/जन्म दिनको अवसरमा मानव कल्याण समाजको सेवा घर धुलिखेलमा सहयोग उपलब्ध गराउने क्रम जारी छ । सडकमा रहेका मानवहरुलाई उद्दार गरी हेरचाह गरिरहेको उक्त घरलाई विभिन्न खालको सहयोग आवश्यक भए पनि पर्याप्त उपलब्ध हुन सकेको छैन । तर पनि जन्म दिनको खुशीमा सहयोग गर्ने सहयोगि मनहरु सेवा घरमा उपस्थित भई सहयोग गर्ने क्रम बढेको छ । 
मानव कल्याण समाज(सेवा घर) को सेवामा सहजता प्रदान गर्नको लागि भक्तपुर निवासि सेवा घरको शुभेच्छुक, शुभचिन्तक, अभिभाबक मानबिय भावनाका अस्मिता ब्युटि पार्लरका प्रोपाइटर अस्मिता खत्रिले आफ्नो शुभ जन्मोत्सबको अबसरमा सेवा घरको गरिमा बढाइरहनु भएका बुवा–आमा, छोराछोरीहरुको आफ्नै हातले बनाएको दिउँसको खाजा खिर, तरकारि, अचार र पुरि सप्रेम अर्पण गर्नुभएको छ । सेवामा मोति बिष्ट, मथुरा थापा, दिनेश श्रेष्ठ, राजेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।