बनेपा/राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विजया दशमीको अवसर पारी संस्थाका शुभ चिन्तक, सल्लाहकार, शेयर सदस्य तथा सरोकारवालाहरु बीच शुभकामना आदान प्रदान गरेको छ ।
प्रदेश सभा सांसदहरु लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष बर्ण शाक्य, वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी लगायतको सहभागिता रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष कमल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त सहकारीले शेयर सदस्यहरुका लागि विभिन्न क्षेत्रमा ऋण लगानी गरी बचतको सुरक्षा प्रदान गरेको छ । ब्यवसायीक रुपमा सदस्यहरुलाई आर्थिक रुपले सक्षम बनाउन सहकारीले विशेष भूमिका खेल्दै आएको सोहि अवसरमा जानकारी गराईएको थियो ।









