2026 July 31/ 04:42: 49pm

पनौती/शहिद दिवसको अवसरमा पनौती नगरपालिकाको आयोजनामा शहिदहरुको फोटोमा माल्यार्पण र प्रभातफेरी गरी मनाएको छ । 
शहिदहरुको फोटोमा माल्यार्पण गर्दे पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले शहिदहरुको सपना पुरा गर्ने बताउनु भयो । विभिन्न समयमा देशका लागी शहिद भएकाहरुको हामिले समपना पुरा गर्नुपर्छ न्योपानेले बताउनु भयो । हामीले शहिदहरुले देखेका सपनालाई साकार पार्न विकासका कामहरुलाई तिब्रता दिएका छौ । स्थानिय सरकार निर्माण पछि जनताले घरदैलेमै सेवा पाएका, विकासले फड्को मारेको समेत न्यौपानेले बताउनु । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद वाग्ले, प्रमुख बरिष्ठ अधिकृत ईन्द्र प्रसाद अधिकारी वडा अध्यक्षहरु, विभिन्न राजनितीक दलका प्रतिनिधीहरु, विद्यालयका शिक्षक तथा विद्यार्थी, कर्मचारीहरुले शहिदहरुको फोटोमा माल्यार्पण गरेका थिए । 
कार्यक्रममा मानेश्वरी बसपार्कबाट प्रभातफेरी कार्यक्रम सहित  वडा नं  ८ स्थित लज्जावती सहिद पार्कमा पुगी देशको लागि आफ्नो ज्यानको आहुति दिने महान्  सहिदहरुप्रति सम्मान प्रकट गरिएको थियो ।