2026 May 01/ 04:11: 46pm

    बनेपा/विकलाङ्ग मित्र समुहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र जनागालले भुकम्प पछि संचालन गरेको पेरिप परियोजनाको समिक्षा तथा समापन गरेको छ । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय उपप्रमुख मञ्जु गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गा सिं तामाङ, अस्पतालका कार्यकारी निर्देशक डा. विवेक बास्कोटा, परियोजनाका अस्मिता शाक्य, धिरज श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका नारायण केसी लगायतले अस्पतालले संचालन गरेको परियोजनाले स्थानीय स्तरमा पु¥याएको स्वास्थ्य सेवाका बारेमा चर्चा गरेका थिए । जिल्लाका ६ वटा तहमा संचालन भएको कार्यक्रममा शिविर तथा अपाङ्गता भएका ब्यक्तिहरुको पुर्नस्थापनामा परियोजनाले काम गरेको थियो । 
    कार्यक्रममा महाभारत घर्तिछापका टंकबहादुर आले, ढुंखर्क हेल्थपोस्टका अध्यक्ष भगवान घिमीरे, परियोजना दाता रिता गौतम लगायतले मन्तब्य राखेका थिए ।