2026 May 01/ 04:11: 52pm

    बनेपा/विश्व मुटु दिवसको अवसरमा शिरमेमोरियल अस्पताल बनेपाले निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । 
    मुटु विशेषज्ञ डा. सुदिप शाहका अनुसार खानपान तथा जीवन शैलीको कारणले गर्दा मुटुरोगका विरामीहरु बढ्दै गएका छन् । अनियमित खानपिन, जंकफुड, धुमपान र मध्यपान, शारिरीक ब्यायाम नगर्दाका कारणले गर्दा मुटुरोग लाग्ने शाहले वताए । यसबाट बच्नको लागि नियमित शारिरीक ब्यायाम, स्वस्थ खानपान, नियमित स्वास्थ्य परिक्षण गर्दा रोगबाट बच्न सकिने बताएका थिए । 
    कार्यक्रममा ८१ जनाले स्वास्थ्य परिक्षण गरेका थिए भने ८ जनालाई नियमित फलोअप गरिरहनु पर्ने बताईएको छ । परिक्षणमा मुटु, रक्तचाप र ईसिजी लगाएत परिक्षण गरिएको अस्पतालले जानकारी दिएको छ ।