2026 May 01/ 04:12: 12pm

    बनेपा/बनेपामा रहेको भिमसेन महाराज सहकारीको १० औ सभा नेफ्स्कुनका केन्द्रिय सदस्य उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    सभामा उपाध्यक्ष सुजिता श्रेष्ठले सहकारीले गरिरहेका गतिविधिहरु तथा आगामी दिनमा सहकारीले खेल्ने भूमिका बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले सहकारीले सदस्यहरुको एकिकरण तथा दोहोरो सदस्यको अन्त्य, संचालक सदस्यहरुको दोहोरो जिम्मेवारी अन्त्य तथा विभिन्न ऐन नियमको कार्यान्वयनले सहकारीहरु प्रति विश्वास र जिम्मेवारी बढ्दै गएको बताए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचतका संचालक सदस्य उपेन्द्र हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । सहकारीका सचिव कृष्णप्रसाद गौतम, कोषाध्यक्ष सहदेवराज श्रेष्ठ, लेखा संयोजक गेहेन्द्रराज कायश्थ, सल्लाहकार महेन्द्र कारजित लगायतले सहकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए । सहकारीले ७ सय २७ जना सदस्यहरुबाट ५९ लाख १९ हजार शेयर पुँजी, ४ करोड ५५ लाख ऋण लगानी गरी ४ करोड ८ लाख २८ हजार बचत संकलन गरेको छ ।