बेथान्चोक/श्री लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समिति बेथान्चोक ३ गैरीभन्ज्याङ्गको १३ औं बार्षिक साधारण सभा बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता तथा अध्यक्ष पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभामा मन्दिर ब्यवस्थापन समितिले निरन्तर गरिरहेका गतिविधिहरु, बार्षिक कार्यक्रम र निर्माण हुँदै गरेको गुरुकुल भवन तथा बैष्णव पार्कका बारेमा जानकारी गराईएको थियो । बेथान्चोक गाउँपालिकाको गौरवका रुपमा लिएको बैष्णव पार्क निर्माण, त्यसका विशेषता तथा स्थानीयहरुको निरन्तरको लगावका बारेमा अध्यक्ष अधिकारीले जानकारी गराए । ‘धार्मिक सर्किट निर्माण गर्ने उदेश्यले बेथान्चोक नारायणस्थान मन्दिरसँगै बैष्णव पार्क र गुरुकुल निर्माण शुरु गरिएको हो’–अध्यक्ष अधिकारीले भने–‘धार्मिक सहिष्णुताका साथ एकादशीका दिन हुने भजन किर्तनले स्थानीयहरुको अनुहारमा देखिएको खुशी निरन्तर रहनु पर्छ ।’ गाउँपालिकाले उक्त कार्यक्रमलाई प्राथमिकतामा राखेको अध्यक्ष अधिकारीले बताए । संघ र प्रदेश सरकारले पनि उक्त क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बैष्णव पार्क, गुरुकुल र लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिले नियमित आयोजना गर्ने एकादशी कार्यक्रमका बारेमा स्थानीय सरकारले प्राथमिकतामा राखेको बताईन् । सबै धर्म, संस्कार, समुदायलाई उत्तिक्कै प्राथमिकता राखेको पालिकाले बैष्णव पार्कलाई गौरवको योजनाका रुपमा लिएको उनले बताईन् । वडा नम्वर ३ का वडा अध्यक्ष कुवेर ढकालले बेथान्चोकको गौरवका रुपमा शुरु भएका योजनाहरु सम्पन्न गर्न स्थानीय सरकार सक्रिय रहेको उनले बताए । वडा नम्वर ३ मा रहेका सबै मठमन्दिरहरुको संरक्षण, प्रर्वद्धन तथा प्रचार प्रसारमा वडा सरकारले प्राथमिकतामा राखेको उनले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद तिमल्सिनाले स्वागत सहित संस्थाको प्रगति प्रतिवेदन र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले नियमित कार्यक्रम, पार्क र गुरुकुल निर्माणका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सचिव विष्णुप्रसाद सापकोटा, कोषाध्यक्ष निर्मला सापकोटा लगायतले संस्थाका बारेमा जानकारी गराए । सभामा शिक्षाविद् नारायण तिमल्सिना, स्थानीय समाजसेवी बेदप्रसाद तिमल्सिना लगायतले मन्दिर, त्यसको ब्यवस्थापन र स्थापनाका बारेमा धारणा राखेका थिए । मन्दिर ब्यवस्थापन समितिमा रामहरी तिमल्सिना, लालकृष्ण तिमल्सिना, नन्दमाई तिमल्स्निा, इन्द्रकुमारी घिमिरे, रामप्रसाद नेपाल, रामप्रसाद तिमल्सिना, शारदा अधिकारी सत्याल, शारदा सापकोटा र रामहरी तिमल्सिना रहेका छन् ।









