बनेपा/ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान विद्यालयमा एक बृहत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, सिर्जन शीलता र अनुसन्धानमुखी सोचको विकास गर्नेउ उद्देश्यले उक्त मेलाको आयोजना गरिएको सहायक प्रिन्सिपल नवराज दाहालले बताए । शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले पडाइृमा सिकेका कुराहरुलाई ब्यबहारमा उतारी प्रर्दशनीमा राखेका थिए । प्रदर्शनीमा विशेष आकर्षणको रूपमा कक्षा ९ र १० का विद्यार्थीहरूले तयार पारेका ‘ज्ञानकुञ्ज विद्यालयको’ मोडेल, मानव प्रणालीहरु तथा सौर्य ऊर्जाका नमुनाहरू, दुना टपरी गास्ने, लोप हुन लागेका बाजाहरु, रहेका थिए । त्यसैगरी प्रविधि, वातावरण, कृषि, स्वास्थ्य, रोबोटिक्स,कला तथा हस्तकला लगायत विविध विषयकासाना बालबालिकाहरूले बनाएका रङ्गीन चित्रकला, हस्त निर्मित खेलौनाहरू र पुनःप्रयोग गरिएका सामग्री बाट तयार गरिएका सजावटी वस्तुहरू प्रर्दशनीमा राखिएको थियो । उक्त शैक्षिक प्रर्दशनीमा ६५ वठा स्टल रहेका थिए भने नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । प्रर्दशनीमा अभिभावक, शिक्षक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूले अवलोकन गरेका थिए ।
प्रर्दशनीको उद्घाटन प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले गरेका थिए। वैद्यले यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्रदान गर्ने बताए। “पुस्तकमा सीमित शिक्षा पर्याप्त हुँदैन, प्रयोगात्मक सिकाइले मात्र विद्यार्थीलाई भविष्यका चुनौतीका लागि तयार बनाउने बैधले बताए । विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहालले प्रदर्शनी मुख्य उद्देश्य विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, टिमवर्क र समस्या समाधान गर्ने क्षमता विकास गर्नु रहेको बताए । पाठ्य पुस्तक केन्द्रित शिक्षालाई मात्र होइन, व्यवहारिक र जीवनोप योगी शिक्षालाई पनि प्राथमिकता दिन्छौँ, प्रर्दशनी एउटा उदाहरण रहेको दाहालले बताए ।









