2026 May 02/ 01:41: 03pm

    धुलिखेल/प्रेस चौतारी नेपाल काभ्रेले नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न नागरिकहरुलाई आब्हान गर्न तथा एमालेका उम्मेदवारका गतिविधिहरु मतदाता समक्ष लैजान उम्मेदवारसँग अन्र्तक्रिया गरेको छ । 
    अध्यक्ष केदारनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुले मतदाता समक्ष एमालेले लिएको समृद्ध काभ्रेको सन्र्दभमा प्रतिवद्धता ब्यक्त गरेका थिए । एमाले उम्मेदवारहरु क्षेत्र नम्वर १ का अमित लामा, क्षेत्र नम्वर २ का अशोक ब्याञ्जु, समानुपातिक उम्मेदवार इन्द्र तामाङ, सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामा छन् । एमाले अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, एमालेका विभिन्न जिम्मेवारीमा रहेका नेताहरु, प्रेस चौतारीका पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष भुवन रायमाझी, पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने लगायतले एमाले उम्मेदवारहरुले मतदाताका बीचमा गर्ने प्रतिवद्धताका बारेमा सुझाव दिएका थिए । कार्यक्रम प्रेस चौतारी काभ्रेका सचिव विकास तिमल्सिनाले संचालन गरेका थिए ।