धुलिखेल/राष्ट्रिय युवा संघ नेपाल काभ्रेको ११ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षमा सिवि लामा निर्वाचित भएका छन् । उपाध्यक्षमा रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भएका छन् ।
अधिवेशन हुन नदिन केहि युवा र पार्टीका नेताहरुले लगाएको बल खेर गएको छ । अवरोधका विभिन्न प्रयासलाई असफल बनाउँदै ईश्वर बल्लभ सापकोटा नेतृत्वको कमिटीले सफलतापूर्वक अधिवेशन सम्पन्न गरेको छ । उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिबेशन आयोजक कमिटीको संयोजक तथा ११ आंै जिल्ला अधिबेशनबाट सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने एक सुत्रिय अभियानमा लागेका काभ्रेका केहि युवा तथा पार्टी नेताहरुले अधिवेशन रोक्न सक्दो बल लगाएका थिए । यद्यपि उक्त प्रयास विफल भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए । अवरोधको प्रयासकाबीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन सुरु गरिएको थियो । अधिबेशन उद्घाटनका लागि केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी बनाईएको भए पनि सहभागी भएनन् । अधिवेशन रोक्न बिहानै प्रदेश कमिटी अध्यक्षको नामको निर्देशनपत्र समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो । प्रदेश कमिटीको काम समन्वय गर्ने मात्र भएको र कार्यकारी अधिकार भएको केन्द्रीय कमिटीले कुनै निर्देशन नदिएका कारण अधिवेशन सुरु गरिएको थियो । यसअघि साउन १७ गतेका लागि अधिवेशन तोकिएको थियो । तर, असन्तुष्ट पक्षको माग सम्वोधनका लागि भन्दै एक साताका लागि अधिवेशनको मिति सारिएको थियो । असन्तुष्ट पक्षले कुनै पनि हालतमा अधिवेशन सारेर रुपक रायमाझीलाई अध्यक्ष बनाउने तयारी गरे पनि सफल हुन भने सकेनन् । हिजोमात्रै विभिन्न पालिकाबाट प्रतिनिधित्व नहुने पत्रसमेत सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै अधिवेशन रोक्न दबाब दिइएको थियो । अधिबेशन उद्घाटनका लागि केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी बनाईएको भए पनि सहभागी भएनन् । अधिबेशनको उद्घाटन एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले गरे । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आफ्नो पूर्व निर्धारित कार्यक्रम तय भईसकेकाले प्रमुख अतिथीका रुपमा आउन नसक्ने मौखिक जानकारी अध्यक्ष ईश्वरबल्धव सापकोटालाई गराएका थिए । पहिलो पटक तोकिएको अधिबेशन सहमति र सहकार्यमा जाने गरी साउन २५ गतेसम्मलाई सार्ने गरी केन्द्रिय उपाध्यक्ष र महासचिव सहितको बैठकले गरेको थियो । त्यस पछि पनि केन्द्रिय अध्यक्ष, महासचिव सहितको समुह जिल्लामा तोकिएको अधिबेशन सर्वसम्मत बनाउने प्रयत्नका साथ छलफलमा बस्यो । उक्त छलफलमा पनि अधिबेशन सार्न, अधिबेशनबाट रुपकजंग रायमाझीलाई अध्यक्ष वा अधिबेशन आयोजक कमिटीको संयोजक अर्थात केहि उप–समितिहरुको हेरफेर गर्ने प्रस्ताव गरिएको थियो ।
अध्यक्ष सापकोटाले अधिबेशन नसार्ने तर प्रस्तावहरुका सन्दर्भमा सकेसम्म सहमति र नसके प्रतिस्पर्धामा जाने वातावरण निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । केन्द्रिय महाधिबेशनमा पराजय ब्यहोरी त्यहिदिन मनोनित भई केन्द्रिय समितिको पछिल्लो बैठकबाट जिल्ला इन्चार्ज तोकिएका सागर रायमाझी समेत उक्त छलफलमा सहभागी थिए । उनको एउटै अनुरोध अधिबेशन जसरी पनि सार्ने, साउन महिना सकिए लगत्तै जिल्ला कमिटीको अवधी पूरा हुने भएकाले उपाध्यक्ष रुपकजंग रायमाझीलाई संयोजक तोक्न, अधिबेशनबाट उनैलाई अध्यक्ष बनाउने जोडबल गरेका थिए । अधिबेशनबाट निर्वाचित भएर आए स्वीकार्ने भन्दै अधिबेशन सूचारु गर्न, प्रतिनिधि छनौट गर्न बाँकी पालिका कमिटीमा प्रतिनिधि चयन गर्न सहज गर्न अनुरोध गरेको भए पनि उनले नमानेको छलफलमा सहभागी नेताले जानकारी दिए । बरु उल्टै अधिबेशनको दिन विहान एकाएक प्रदेश कमिटीको अध्यक्षका नाममा विद्यान विपरीत अधिबेशन स्थगित भएको पत्र सार्वजनिक गरेर संगठन भित्र अराजकता फैलाउने प्रयत्न गरेको अध्यक्ष ईश्वरबल्धव सापकोटाले बताए ।
अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष राजन भुर्तेलले पार्टी भित्रको अराजकता र गुटबन्दी अस्विकार्य हुने बताउँदै अवधी सकिएका सबै जनसंगठन र पार्टी कमिटीहरुको अधिबेशन समयमा नै सम्पन्न गर्ने केन्द्रकै निर्देशन अनुसार तोकिएका अधिबेशनमा कसैको हस्तक्षेप अस्विकार हुने बताए । उद्घाटन सत्रमा एमाले प्रदेश कमिटीका सदस्यहरु रिता ढकाल, कुमार तिमल्सिना, गिता सुनुवार, जिल्ला कमिटीका पदाधिकारीहरु उपाध्यक्ष देवसागर लामा, उप सचिव रत्नकुश रञ्जित, युवा संघका केन्द्रिय सदस्य मिलनसागर लामा, पालिका कमिटीका अध्यक्षहरुले मन्तब्य राखेका थिए । भब्यरुपमा उद्घाटन गरिएको उक्त अधिबेशनका सन्दर्भमा रुपकजंग रायमाझी लगायत युवा संघका केहि पदाधिकारीहरु, पालिका कमिटीका केहि पदाधिकारीहरु र पार्टी नेताहरुकै सहभागिता रहेन । अध्यक्ष सापकोटाले अधिबेशन स्थगित गर्ने परिपत्र प्रदेशले नभई केन्द्रिय कमिटीले मात्रै गर्न सक्ने उल्लेख गरे । विद्यानत जिल्ला कमिटी सम्वन्धित प्रदेश भित्रको नेतृत्वदायी कमिटी हुने उल्लेख छ । जिल्ला कमिटी ४५ सदस्यीय चयन भएको छ । अध्यक्षको आंकाक्षी रुपकजंग रायमाझीको पालिका तेमाल हो । जहाँ वडा अधिबेशन समेत हुन सकेको छैन । उनैलाई अध्यक्ष बनाउने नाममा अराजकता फैलाएको भन्दै युवा संघ भित्र असन्तुष्टि बढेको हो ।









